आज :

विप्लव नेकपामा दुई लाइनः चुनावमा सहभागी हुने कालिकोटको निर्णय, बर्दिया पार्टीले बहिस्कार गर्ने 

काठमाडौं । विप्लव नेतृत्वको नेकपामा स्थानीय चुनावको विषयलाई लिएर दुई धार प्रष्ट हुँदै गएका छन् । हाले कपिलबस्तुमा सम्पन्न केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्दले चुनावमा सहभागी हुने प्रस्ताव गरेका थिए । तर बहमुत केन्द्रीय सदस्यहरुले चुनाव उपयोगकाे विपक्षमा उभिएका थिए ।

बैठकले मध्यमार्गी निर्णय गर्दै न बहिस्कार न उपयोग र स्वतन्त्र उम्मेदवार उठ्नेलाई कारवाही नगर्ने नेता कार्यकर्ताले राजिनामा दिएर स्वतन्त्र उम्मेदवार उठ्न सक्ने निर्णय गरेको थियो । तर पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन आयोगमा पुगेर दल दर्ताको लागि आग्रह गरेपछि मध्यमार्गी निर्णयविरुद्ध भएको भन्दै पार्टीकै नेताहरुले आरोप लगाएका छन् ।

सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला चुनाव उपयोगकाे विपक्षमा छन् । उनीहरुले विश्वकर्मा दल दर्ताको लागि निर्वाचन आयोगमा जानुलाई निर्णयको विरोधी र अराजक कार्य भन्दै विरोध जनाइरहेका छन् । कुल ६८ केन्द्रीय कमिटीमा २४ जनाले मात्रै चुनावको पक्षमा बोलेका थिए ।

चुनावको विपक्षमा उभिएका केन्द्रीय सदस्य चुडामणी ओलीले हिजै रोल्पाबाट उम्मेदवारी घोषणा गरिसकेका छन् । केन्द्रमा देखा परेको दुई लायन जिल्लासम्म पुगेको छ । अहिलेसम्म दुई जिल्लाले औपचारिक निर्णय गरेका छन् । कालिकोटले चुनावमा सहभागी हुने निर्णय गरेको छ भने बर्दिया जिल्लाले बहिस्कार । चुनाव उपयोगकाे विपक्षमा उभिएका पार्टीका केन्द्रीय सदस्य दिपक चलाउने बाँके र बर्दियाका इन्चार्ज छन् ।

कालिकोट जिल्ला कमिटीको बैठकले चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर जान सकिने निर्णय गरेको छ । माल्लकोटमा दुई दिनसम्म बसेको बैठकले जिल्ला वाहिर रहेका सवै नेता कार्यकर्तालाई पनि जिल्लामा केन्द्रीत गर्ने निर्णय पनि गरेको छ ।

जिल्ला इन्चार्ज बिराटका अनुसार नुसार वडा र टोल स्तरका कार्यकर्ता र जनताको सुझाव संकलन गरेर उम्मेदवारी टुङग्याउने निर्णय बैठकले गरेकाे छ । त्यस्तै स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल हुन सक्ने दल र शक्तिसँग चुनावी तालमेल गर्ने समेत निर्णय गरेको छ ।

अन्य जिल्लाहरुले पनि आन्तरिक छलफलमा जुटेका छन् । बैठकको निर्णयलाई नेताहरुले आआफ्नो अनुकलतामा व्याख्या गरिरहेका छन् । प्रवक्ता विश्वकर्माले चुनावमा जाने निर्णय भएको बताउँदै आएका छन् भने अर्को थरी नेताहरुले पार्टीकै नामबाट चुनावमा सहभागी भए कारवाही गर्ने चेतावनी दिएका छन् ।

महासचिव विप्लवले बैठकपछिका भेटमा कार्यनीतिक सवाल भएकोले ठूलो विषय नभएको बताउने गरेका छन् । हालै चितवनमा सम्पन्न प्रशिक्षणमा विप्लवले आफूले धोका नदिने भन्दै बैशाख ३० गतेसम्मको समय मागेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal