आज :

निर्वाचन आचारसंहिता आज मध्यरातबाट लागू, ३-३ फिटको मात्रै झन्डा राख्न पाइने

२०७८ चैत्र २५ गते
काठमाडौँ । आज मध्यरातिबाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । शुत्रबार दिउँसो निर्वाचन आयोगले पत्रकार सम्मेलनको आयोजना गरी आसन्न स्थानीय निर्वाचनका लागि आज मध्यरातदेखि आचारसंहिता लागू हुने जानकारी गराएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले मध्यरातिदेखि निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिएका हुन् ।

निर्वाचन आचारसंहिता आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको हो ।

जारी गरिएको आचारसंहितामा कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र होइन, सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन । तर, दल वा उम्मेदवारले आधिकारिक पेजमा मात्र प्रचार गर्न पाउने भएका छन् । त्यस्तै, झोला, टिसर्ट, क्याज छापन्न र वितरण गर्न नपाइने आयोगले जनाएको छ ।

त्यसैगरी आजैबाट वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्न समेत नपाइने भएको छ । त्यस्तै, कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिन नपाइने सहप्रवक्ता शर्माले जानकारी दिए ।

आजबाट निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइने छैन । आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत नपाइने भएको छ । उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३-३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्नमात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal