आज :

३६ दिन बाँकीः पाल्पामा सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय, एमाले तनावमा

पाल्पा । स्थानीय तह निर्वाचन २०७९ आउन आजबाट ३६ दिन मात्रै बाँकी छन् । चुनाव नजिकिँदै जाँदा राजनीतिक पार्टीले पनि तयारी तीब्र पारेका छन् । सत्ता गठबन्धन दलहरुले धेरै जिल्लामा केन्द्रको निर्णयअनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरिरहेका छन् ।

यसैबीच पाल्पामा कार्यरत सत्ता गठबन्धनमा आवद्ध पाँच दलले चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, र जनता समाजवादी पार्टीले चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । सत्ता गठबन्धनले केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनाएर चुनावी तयारी थालेका छन् ।

जिल्लामा बसेको संयन्त्रको बैठकले आगामी निर्वाचनमा सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ । त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना रहेको संयन्त्रका संयोजक श्रेष्ठले बताए ।

एककिृत समाजवादीका जिल्ला अध्यक्ष पाण्डेका अनुसार गठबन्धन दलबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाइनेछ । गठबन्धनमा सहभागी दलबाट तीन–तीन जना सहभागी हुने गरी एक कार्यदल गठन गर्ने निर्णय भएको छ ।
भोलि संयन्त्रको बैठक बसेर उम्मेदवारको तय गर्ने नेताहरुले बताएका छन् ।

पाल्पामा पाँच दलबीच गठबन्धन भएपछि नेकपा (एमाले) लाई तनाव भएको बताइएको छ । एमालेले पनि राप्रपा, विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेलबारे छलफल सुरु गरेको छ । यद्पी नेकपाले पार्टी चुनावमा नजाने र स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal