आज :

पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको १६० र खाना पकाउने ग्यासको पनि बढ्यो 

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले गएरातिबाट लागु हुने गरी नयाँ मूल्य तोकेको छ । निगमका अनुसार नयाँ मूल्यवृद्धिसँगै पेट्रोलमा का मूल्य १६० रुपैयाँ पुगेको छ । निगमले पेट्रोल, मट्टितेल र डिजेलको प्रतिलिटर ५  रुपैयाँ बढाएको हो ।

यससँगै डिजल र मट्टितेलको डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । केही समयदेखि नबढाएको खाना पकाउने ग्यासको पनि यसपटक मूल्य बढाएको निमगले जनाएको छ ।  यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

मूल्यवृद्धिको विरोधमा विद्यार्थी संगठनहरु साना राजनीतिक दलहरुको विरोध गरिरहेका छन् । तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले आफूले बढाउनु परेको निगमले जनाएको छ ।

नयाँ मूल्यवृद्धिसँगै निगम घाटामा रहेको भन्दै स्वाचित मूल्य लागु गर्ने बताएको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वाचित मूल्य लागु गर्ने सहमति भएको छ ।

यदि संचालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने बताइएको छ । यसो गरे इन्धनको मूल्य थप बढ्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal