आज :

अछाममा माओवादी केन्द्रका चुनावी अभियान

अछाम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अछाममा चुनावी अभियानलाई तीब्रता दिएको छ । घरदैलादेखि पार्टी कमिटीका बैठक अभियानको क्रममा सम्पन्न भएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य शरद सिंह भण्डारी, युवा नेता दिपक साउद, डम्बर रावल, जिल्ला संयोजक रविन्द्र साउदलगायतका नेताहरुको टोली गाउँगाउँमा पुगिरहेको छ । पश्चिम चौपाटी गाउँपालिकाबाट सुरु गरिएको घरदैलो अभियान जारी छ ।

अभियानकै क्रममा सोमबार तुर्माखाँद गाउँपालिकाको बैठक सम्पन्न भएको छ । पार्टीलाई पालिकामा निर्वाचित गराउने प्रतिवद्धतासहित बैठक सम्पन्न भएको माओवादी केन्द्र अछामका संयोजक रविन्द्र साउदले जानकारी दिए ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य भण्डारी, नेता साउद र संयोजक साउदले व्यवस्था परिवर्तन माओवादीकै कारण भएको र अबको चुनावमा जनताको अवस्था परिवर्तन गर्न पनि पार्टीलाई जिताउनुपर्ने धारणा राखेका थिए । माओवादी नेताहरु गाउँगाउँमा पुग्दा जनताले स्वागत गरेका छन् । स्थानीय नेता कार्यकर्ता उत्साहित भएका छन् । गाउँगाउँमा कलाकारले सांस्कृतिक कार्यक्रम गर्ने भएकोले जनयुद्धको झल्को दिएको बताइएको छ ।

सत्तारुढ नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी र आफ्नो पार्टीबीच जिल्लाका दशवटै पालिकामा गठबन्धन गर्ने सहमति भइसकेको जानकारी गराउँदै जिल्ला संयोजक साउदले गठबन्धन उम्मेदवारलाई जित्ने वातावरण बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

सेमबार नै माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठकले १० वटा पालिका र ९१ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनको केन्द्रीय नीतिअनुसार जिल्लामा आफूहरु पनि गठबन्धन गरेर अगाडि बढ्नुपर्ने निष्कर्ष तीन दलीय बैठकले निकालेको थियो । सत्ता गठबन्धनमा पाँच दल भएपनि अछाममा तीन पार्टीमात्रै सक्रिय छन् ।

अछाममा अब नेकपा एमालेलाई चुनौती भएको छ । एमालेले पनि विप्लव नेतृत्वको नेकपासँग चुनावी तालमेलको छलफल चलाएको छ । यद्पी नेकपाले पार्टी चुनावमा नजाने र स्वतन्त्र उम्मेदवार उठाउने निर्णय गरेको छ । उम्मेदवार उठ्ने नेताहरुले पार्टीबाट राजिनामा दिनुपर्ने नेकपाका नेताहरुले बताएका छन् । चुनावबारे अझै नेकपाका स्थानीय कार्यकर्ताहरु अन्यौलमै छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal