आज :

इमरानले पनि सकेनन् पाकिस्तानको राजनीति समाल्न, न्यायाधीश गुलजार कामचलाउ प्रधानमन्त्री

काठमाडौं । पूर्वकिक्रेट खेलाडीबाट राजनीतिमा प्रवेश गरेका इमरान खानले पनि पाकिस्तानको राजनीति समाल्न सकेनन् । सेनाको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हस्तक्षेप हुने पाकिस्तानमा फेरि राजनीति अस्थितरता सिर्जना भएको छ । सेनाले सरकारलाई असयोग गरेकै कारण पाकिस्तानको राजनीतिक पटक पटक संकटमा पर्दै आएको छ । राजनीतिक नेतृत्व भन्दा पनि सैन्य नेतृत्व हावी हुने पाकिस्तानमा फेरि पनि इमरान खानलाई सेनाले अप्रत्यक्ष रुपमा असहयोग गर्यो ।

सैन्य नेतृत्वको सहयोगमा विपक्षले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको बताइन्छ । अविश्वास प्रस्ताव आएपछि खानले राष्ट्रिय सभा नै भंग गरिदिए । खानकै पार्टीका सांसदहरुले विपक्षीलाई समर्थन गर्ने देखेपछि संसद भंग गरिएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । तर राष्ट्रिय सभाका उपसभामुखले अविश्वास प्रस्ताव खारेज गरिदिएका थिए ।

राजनैतिक सङ्कट झन गहिरिदै गएपछि खानले समाधानका लागि भन्दै खानले पूर्वमुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले बताए । प्रभात अखबारका अनुसार पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) अध्यक्ष समेत रहेका खानले सोमबार पीटीआईको उच्च स्तरीय समितिबाट अनुमोदन गराएका थिए ।

गुलजार अहमदको नामाङ्कन संविधानको धारा २२४– क (१) अन्तर्गत काम चलाउ प्रधानमन्त्रीको रूपमा नियुक्तिका लागि उपयुक्त व्यक्तिहरूको नाम प्रस्ताव गर्न राष्ट्रपति डा.आरिफ अल्वीले सोमबार प्रधानमन्त्री तथा विपक्षी नेतालाई लेखेको पत्रपछि खानले उक्त प्रस्ताव गरेका हुन् ।

इमरान खानविरुद्धको अविश्वासको प्रस्तावलाई राष्ट्रियसभाका उपसभामुखले खारेज गरेको एक दिनपछि खानले गुलजारलाई कामचलाउ प्रधानमन्त्रीको प्रस्ताव गरेका हुन् ।

राष्ट्रपति आरिफ अल्वीले खानको सल्लाहमा राष्ट्रियसभा भङ्ग गरेका छन् । सन् २०१९ को डिसेम्बर २१ मा पाकिस्तानको २७ औं प्रधान न्यायाधीशका रुपमा शपथ लिएका अहमदको जन्म २ फेब्रुअरी १९५७ मा कराँचीमा भएको थियो । उनले सन् २०२२ फेब्रुअरीसम्म प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal