
काठमाडौं । चुनावको मुखमा राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका जिल्ला सदस्य अमृत सिलवाल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । उनी नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतका विश्वास पात्र रहेको बताइएको छ ।
उनीले अन्य एमालेका ३० जना नेता कार्यकर्तासहित सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । भक्तपुर सूर्यबिनायक नगरपालिकामा सिलवालको एमालेमा पकड रहेको बताइएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला ईन्चार्ज दिलीप कुमार प्रजापतिले नवप्रवेशीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्र केन्द्रीय सदस्य डिपी ढकाल, पार्टी जिल्ला संयोजक सुनिल गोथे, जिल्ला सचिव दिलकृष्ण तज, पार्टी बागमति प्रदेश सदस्य एवम् वाईसिएल नेपाल भक्तपुर जिल्ला ईन्चार्ज दिनेश थपलिया, बागमती प्रदेश सदस्य कल्पदिप राईलगायतको उपस्थिति रहेको थियो । नव प्रवेशी सिलवाल बालकोट युवा क्लबका अध्यक्ष समेत समेत हुन् ।