आज :

पूर्वजनमुक्ति सेनाकाे पहलमा दर्ता भएको सहकारी संस्था कब्जा गर्न किर्ते धन्दा

काठमाडौँ । पूर्वजनमुक्ति सेनाका सदस्यहरूको पहलमा दर्ता भएको सहकारी संस्था कब्जा गर्न किर्ते धन्दा भइरहेकाे छ । हालै किर्ते सदस्य तयार गरी विशेष साधारणसभा सम्पन्न गरिएको छ ।

२०६८ चैत्र ६ गते ‘भुतपूर्व जनमुक्ति सेना नेपाल कृषि सहकारी संस्था लिमिटेड’ दर्ता भएको थियाे भने २०७१ फागुन २२ गते पविरर्तन गरी ‘समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेड’ नाम राखिएको थियो । समायोजनामा नगएका सदस्यहरुलाई सहकारीमार्फत उत्पादनमा जोड्ने उद्देश्यले दर्ता भएपनि सबैलाइ जाेड्न भन्दै संस्थाकाे नाम परिवर्तन गरिएकाे थियाे । अहिले संस्था गलत व्यक्तिको हातमा परेकाे छ । केही व्यक्तिहरूकाे कमाइ खाने स्वार्थ पूरा गर्ने साधान मात्रै बनाएका छन् ।

सहकारी संस्थाभित्र सहकारी नियम विपरित कार्य भइरहेकाे भन्दै केही शेयर सदस्यहरूले छानविन गरी कारवाहीको लागि सहकारी विभागमा उजुरी दिएका थिए । यही बेला संचालक समितिले अर्को किर्ते माइन्यूट तयार गरी विशेष साधारण सभा सम्पन्न गरेकाे  छ । देशभर कार्यक्षेत्र रहेको भएकैले केही व्यक्तिहरुले सुरुदेखि नै सहकारी कब्जा गर्ने उद्देश्य राखेको एक शेयर सदस्यले बताए । सहकारी संस्थामा नियमविपरित कार्य भइरहेको भन्दै केही सदस्यहरुले सञ्चालक समितिका पदाधिकारी र कार्यकारी प्रमुख, अधिकृत, ब्यबस्थापक लगायतका बिरुद्ध सहकारी बिभागमा मुद्दा दर्ता गरेका थिए ।

उक्त निवेदनमाथि छानविन भइरहेको बेला यही चैत्र १५ गते अवैध रुपमा विशेष साधारण सभा गरिएको छ । विभागका एक कर्मचारीका अनुसार विशेष साधारणसभा रोक्न निर्देशन दिँदा पनि संचालक समितिले मानेन् । आफू अनुकुल निर्णय गर्न संचालक समितिले सेवा केन्द्रका सिमित कर्मचारीको उपस्थितिमा विशेष साधारण सभा गरेको गरेको छ । एक शेयर सदस्यका अनुसार उक्त साधारण सभामा एक जना पनि शेयर सदस्य उपस्थित रहेको थिएन् ।

साधारणसभाले कष्ठमाण्ड डेभलपमेन्ट बैंकको संचालक समेत रहेका टेकराज प्रसाईलाई अध्यक्ष चयन गरेको छ । उनलाई अध्यक्ष चयन गरेको कुरा संचालक समितिले गोप्य राखेको छ । उनी नेकपा एमाले निकट युवा संघ नेपालका कर्णाली प्रदेशका सहइन्चार्ज समेत हुन् । सेवा केन्द्रका एक कर्मचारीका अनुसार संचालक समितिले तलबाट किर्तेगरी ५१ प्रतिशत उपस्थिति देखाई माइन्यूट बनाउन दवाव दिएको एक शेयर सदस्यले बताए ।

सेवा केन्द्रका कर्मचारीले विरोध जनाउँदा समेत संचालक समितिले दवाव दिएर किर्ते माइन्यूट तयार गर्न लगाएको एक कर्मचारीले जानकारी दिए । एक सेवा केन्द्रका सधारणसभामा उपस्थिति देखाईएका सबै शेयर सदस्यको हस्ताक्षर किर्ते गरिएको एक सेवा केन्द्रका कर्मचारीले जानकारी दिए । सहकारीका  अध्यक्ष दलबहादुर बिसीले फागुन ९ गते एकाएक राजिनामा दिएका थिए ।

यसअघि २०७८ साउन ३२ गते यसैगरी अवैध रुपमा विशेष साधारण सभा गरिएको थियो । शेयर सदस्य नभएका व्यक्तिहरुको अवैध हस्ताक्षर विभागमा बुझाइएको थियो । एक संचालक समिति सदस्यका अनुसार बहुमत पुर्याउन ४ हजार किर्ते नाम र हस्ताक्षर विभागमा बुझाइएको थियो । यही विशेष साधारण सभाले २०७७ चैत्र २० गते बहुमत संचालक समितिका सदस्यहरुले पास गरेको छानविन समितिको प्रतिवेदनले अयोग्य ठहर गरेका अध्यक्ष दलबहादुर बिसीलाई पुनः अध्यक्षमा चयन गरेको थियो ।

सहकारीका शेयर सदस्य नभएका र अन्य सहकारी संस्थामा कार्यकारी भूमिका भएका व्यक्तिहरुलाई विशेष साधारणसभाले पदाधिकारी चयन गरेको थियो । नियम विपरित नियुक्त गरिएको भन्दै कार्यकारी प्रमुख टेक बहादुर शाही, सचिव प्रकाश आचार्य, सहसचिव सुदिप पौडेल र कोषाध्यक्ष बन्दना तिवारी नेपालबिरुद्ध केही शेयर सदस्यहरुले सहकारी विभागमा उजुरी दर्ता गरेका थिए ।

उजुरीमा कार्यकारी प्रमुख शाहीसहित पदाधिकारीहरुले सहकारी ऐन नियम तथा संस्थाको विनियमावाली तथा संस्थाको आर्थिक प्रसाशनिक नीति बिपरित काम कारबाही गरेको र अन्य सहकारी संस्थाको सञ्चालक तथा जिम्मेवारीमा रही सेवा सुबिधा लिइरहेको अबस्थामै पनि समृद्ध नेपाल सहकारी संस्थामा समेत सञ्चालक समिति र कार्यकारी पदमा रहेको पाइएकोले छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

यस्तै उनीहरुले सेयर सदस्यहरुलाई चेकबुक, पासबुक, सेयर प्रमाणपत्र समेत नदिएको र पटक–पटक माग गर्दा समेत अटेर गरेको र सहकारीको साधारणसभामा छलकपटकपूर्ण तरिकाले किर्ते लेखा परिक्षण प्रतिबेदन पारित गराएको आरोप लगाइएको छ ।
प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिमा बसेका व्यक्तिहरुले सहकारीको रकम व्यक्तिगत हिसाबले हिनामिना गरी सहकारीलाई घाटामा देखाएको, सहकारीका सदस्यहरुको सेयर तथा बचत समयमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरि ढिला दाखिला गरेको उजुरीमा उल्लेख छ । सहकारीको माइन्युट, योजना र नीति तथा सिद्धान्त बिपरित अनावश्यक र अनाधिकृतरुमा भौतिक संरचना निर्माण गरेको र विभागको अनुमति बिना सहकारीको नाममा सेवा केन्द्र तथा कार्यालय खडा गरी काम संचालन गरेको समेत उल्लेख गरिएको छ ।
सहकारीका शेयर सदस्यहरुले आफ्नो रकम फिर्ता माग्दा एक बर्षसम्म पनि रकम फिर्ता नगरी मानसिक तनाब दिइएको समेत आरोप लगाइएको छ ।

संचालक समितिले समृद्ध नेपाल कृषि सहकारी संस्थाका शेयर सदस्यहरूबाट उठेकाे रकम बैंकिङ्ग प्रणालीभन्दा बाहिर व्यक्तिगत, मनमर्जी हिसाबले कारोबार  गरेको शेयर सदस्यको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal