आज :

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहमा गठबन्धन गर्ने

अछाम । जिल्लामा सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने भएका छन् । सोमबार तीनवटै पार्टीको संयुक्त बैठकले अछामका १० वटा पालिका र ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको माओवादी केन्द्रका युवा नेता दिपक साउदले जानकारी दिए ।

तीन दलको संयुक्त बैठकपछि संयुक्त विज्ञप्तिमार्फत गठबन्धन गर्ने निर्णय भएको जानकारी दिइएको छ । विज्ञप्तिमा केन्द्रीय गठबन्धनलाई आत्मसात गर्दै जिल्लामा सबै स्थानीय तह र ९१ वटै वडामा गठबन्धन गर्ने उल्लेख गरिएको छ ।

“नेपालको वर्तमान राजनीतकि परिवेशलाई मध्येनजर गर्दै केन्द्रमा जस्तै अछाम जिल्लामा पनि नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्छट पार्टी (एकीकृत समाजवादी) सम्मिलित केन्द्रीय गठबन्धनलाई आत्मसा तगर्दै आगामी स्थानीय तह निर्वाचन–२०७९ जिल्लाको १० वटै स्थानीय तह र ९१ वटै वडाहरुमा गठबन्धन अघि बढाउन हामी एक्येवद्ध छौं” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

संयुक्त विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक रविन्द्र साउद, नेपाली काँग्रेस सभापति पुष्प शाह र एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले हस्ताक्षर गरेका छन् ।

अब गठबन्धन तीनै दलका जिल्ला नेताहरु बसेर चुनावी कार्यक्रम र उम्मेदवारबारे छलफल अगाडि बढाउने साउदले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal