आज :

राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगितामा नगरकोट दोहोरी साँझ प्रथम

काठमाडौं । विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ मा नगरकोट दोहोरी साँझ उत्कृष्ट भएको हो ।

प्रतियोगितामा मुलुकका ४५ भन्दा बढी जिल्लाबाट यो प्रतियोगितामा विभिन्न ६१ वटा टोली सहभागी भएका थिए । चैत्र गतेबाट काठमाडौंको भृकुटी मण्डप बँगैचामा प्रतियोगिता सुरु भएको थियो । उत्कृष्ट चयनसहित पुरस्कार प्रदान गर्दै आईतबार अबेर साँझबाट प्रतियोगिता सम्पन्न भएको छ ।

खुला प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा नगरकोट दोहोरी र गामबेसी दोहोरी साँझबीच कडा प्रतिस्पर्धा भएको थियो । जसमा गामबेसी दोहोरी साँझलाई पछि पार्दै नगरकोट दोहोरी साँझको टोली जीवन सिग्देल र अस्मिता डल्लाकोटी उत्कृष्ट भए । उनीहरुले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै २ लाख ५० हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिस्प्र्धा निकै प्रतिस्पर्धा भए पनि आफुहरुले आत्म विश्वासका साथ प्रस्तुत गरेको ससक्त तुक्काका कारण उत्कृष्ट भएको जीव्न र अस्मिताले बताए ।

यस्तै राष्ट्रिय प्रतियोगितामा गामबेसी दोहोरी साँझ द्धितीय भयो । गामबेसी दोहोरी साँझ काठमाडौंका अर्जुन खड्का र शान्ता ओली द्धितीय पुस्कार स्वरुप ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै सो प्रतियोगितामा यस पटक दुई समुहले तृतीय स्थान हाँसिल गरेका छन् । अन्तिम प्रतिस्पर्धामा उत्रिएर पहिलो र दोश्रो हुनेसँग भिडेका बाँकी दुई टोली काठमाडौंको क्विन रोदी क्लब र लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठान तृतीय भएका हुन् । तेश्रो हुने टोलीले १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्रप्राप्त गरेका छन् । क्विन रोदी क्लबका श्याम राना र हरिमायाँ रायमाझीसँगै लुम्बिनी प्रदेश लोक तथा दोहोरी गीत प्रतिष्ठानका बिक्रमबाबु बिश्वकर्मा र लक्ष्मी बस्नेतले तृतीय स्थान हाँसिल गरेका हुन् ।

आयोजक राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, संरक्षक पृथ्बी थकालीसहित पूर्व अध्यक्ष तथा अन्य अतिथिले उनीहरुलाई कार्यक्रममा पुरस्कार प्रदान गरे । शनिबार नै कार्यक्रम सक्ने भनिए पनि शनिबार प्रतिस्पर्धा नसकिएपछि आईतबार उत्कृष्ट १६ बीच क्वाटर फाईनल, सेमी फाईनल हुँदै फाईनल खेल भएको थियो ।

यसैगरी प्रतियोगितामा समुन खड्का, राजु लामिछानेले उत्कृष्ट पुरुष कलाकारको तथा पुजा पुन र अर्चना चापागाईले उत्कृष्ट महिला कलाकारको पुरस्कार जिते । उनीहरुले पुरस्कार स्वरुप जनही १० हजार रुपैयाँ र प्रमाणपत्र पाए । यस्तै अनुशासित टिमको पुरस्कार ओखलढुँगा लोक दोहोरी प्रतिष्ठान टिमले हाँसिल गरेको छ । उत्कृष्ट अनुशासित टिमको पुरस्कार स्वरुप उनीहरुले प्रमाणपत्र र १० हजार रुपैयाँ पाए । प्रतियोगितामा निकै राम्रा गीत गाएका नव कलाकार निशान्त विक र दिल कुमारी बिकले नव प्रतिभा प्रोत्साहन पुरस्कार स्वरुप जनही ५ हजार रुपैयाँ र प्रमाणपत्र पाए । यसै गरी भद्रकाली आमा समुहलाई प्रोत्साह पुरस्कार स्वरुप ५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।

पुरस्कार प्रदानपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले समापन समारोहमा सबैलाई धन्यबाद ज्ञापन गर्दै कोरोनाको महामारी पछि सुस्ताएको लोक दाहोरी संगीत बजारमा उर्जा ल्याउँदै कलाकारहरुलाई लोक दोहोरी गायनमा अक्ष प्रेरणा जगाउन आफुहरुले यो प्रतियोगिता आयोजना गरेको बताए । सबैको सहयोगले अहिलेको आर्थिक मन्दिको अबस्थामा पनि सबै कुराबाट कार्यक्रम सफल भएको बिजीले बताए ।

बिगत चार दिनदेखि कार्यक्रमलाई प्रतिष्ठानका महासचिब सुवास केसीले सञ्चालन गरेका थिए । उनले प्रतियोगितालाई आफ्नो प्रस्तुतिबाट निरन्तर निकै रोचक बनाए ।

यस पटक यो प्रतियोगितामा सो प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपानेको सँयोजकत्वमा पूर्व अध्यक्ष, अध्यक्ष तथा अहिलेका पुस्ताका चर्चित लोक दोहोरी गायकसहित १० जनाको निर्णायक टोलीले ६१ टोलीबाट विभिन्न चरणको दोहोरी गायन पश्चात उत्कृष्ट टिम तथा कलाकारको चयन गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal