आज :

महिला र पुरुषको दुई अध्यक्षिय समान भूमिकासहितको स्थानिय निकाय हुनुपर्छ : माओवादी

काठमाडौं । नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले आफ्नो पार्टीले स्थानिय निकायमा समान कार्यकारी भूमिकासहित (महिला र पुरुष) दुई अध्यक्षिय कार्यसमिति हुनुपर्ने जिकिर गरेका छन् । शनिबार संवाद डबलिमा सो पार्टी निकट अखिल नेपाल महिलासंघ (क्रान्तिकारी) बागमती प्रदेशको भेलामा बुढाथोकीले सो व्यवस्थाले स्थानिय तह मजबुत र सन्तुलित हुने धारणा राखेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अध्यक्ष बुढाथोकीले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानिय,प्रदेश र संघ तिनओटै सरकारमा स्टेटलेबलको भ्रष्टाचारले व्यापकता पाएको आरोप लगाउँदै त्यसलाई न्युनिकरण गर्न यो अवधारणा एक अचुक अस्त्र हुने दावि गरे ।

पार्टी निकट महिला संघको बागमती प्रदेश कमिटिमा पार्वती तामाङको अध्यक्षतामा १५ सदस्यिय कमिटि चयन भएको थियो, नवनिर्वाचित कमिटिलाई शुभकामना दिदै अध्यक्ष बुढाथोकीले सम्पूर्ण पार्टी कार्यकर्तालाई निर्वाचनमा होमीन निर्देशन दिएका थिए । पार्टी वरिष्ठ नेता तिलक थापामगरले संविधान पुनर्लेखनसहित महिलालाई ५१ प्रतिशतको अधिकार दिन आफ्नो पार्टी तयार रहेको र सरकारले पनि त्यसको व्यवस्थ ागर्न माग गरेका थिए । उनले देशमा आदर्शको राजनीतिक चरित्र विस्तारै हराउँदै गएकोमा युवाहरुले त्यसलाई सच्याउनसमेत आग्रह गरे । नेता थापामगरले संसदको उम्मेद्वार चयन गर्न सम्बन्धित जवसलाई नै स्वायत्तता दिन आफ्नो पार्टीले नयाँ व्यवस्था गरेको जानकारी पनि दिए ।
सो भेलाले उपाध्ययमा सम्झना राई, सचिवमा मुना जीसि लगायत १५ सदस्यिय कमिटि चयन गरेको थियो ।

सो कार्यक्रममा केन्द्रिय सचिव मेघ बहादुर खत्री, स्थायी कमिटि सदस्य धनकुमारी जोगी मगर, भक्तकुमारी भुजेल, जनक कामी ‘सागर’, कृष्ण खड्का, राम प्रसाद मैनाली, पोलिट व्युरो सदस्यहरु मिना चन्द, राजकुमार विक, केन्द्रीय सदस्यहरु निता शाही, दिपक सारु, लावती तामाङ लगायतले आउँदो चुनावलाई देश र जनताका पक्षमा लाग्ने जनप्रतिनिधीहरु छानिनु पर्ने बताए । कार्यक्रमको अध्यक्षता बाग्मती प्रदेश अध्यक्ष पार्वती तामाङले गरेकि थिइन् भने सञ्चालन केन्द्रीय सदस्य सरु लावतीले गरकि थिइन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal