आज :

बंगलादेशकी प्रधानमन्त्री हसिनाले भनिन्– संकटमा साथ दिएको थियो, अहिले हामी रुसको पक्षमा छौं

काठमाडौँ । बंगलदेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो देश रुसको पक्षमा रहेको बताएकी छन् । उनले रुसले आफ्नो देशलाई संकटमा साथ दिएको बताउँदै अहिले आफू पनि रुसको पक्षमा रहेको बताइन् ।

हसिनाले रुस विरुद्ध संयुक्त राष्ट्रको प्रस्तावमा भोटिङ नगरेको विषयमा संसदमा स्पष्टिकरण दिँदै भनिन्, “बंगलादेश र रुसको मैत्रीपूर्ण सम्बन्धबारे रहँदै आएको छ । सन् १९७१ को स्वतन्त्रता संग्राममा अमेरिकाको सातौं फ्लीट बंगालको खाडीतर्फ पठाइएका बेला रुस हाम्रो साथमा थियो । बंगलादेशले यो प्रस्तावमाथि मतदान यसकारण गरेन किनभने यो एउटा देशविरुद्ध मात्रै थिएन ।”

प्रधानमन्त्री हसिनाले संसदमा बोल्दै भनिन् “रुस हामीसँग खराब समयमा हामीसँग रह्यो र हामी पनि उनीहरुको साथमा छौँ । तर यदि कसैले अन्याय गर्छ भने हामी यो स्वीकार गर्न सक्दैनौँ ।” उनले संयुक्त राष्ट्र संघमा पहिलो प्रस्ताव पेश हुँदा बंगलादेशले मानवाधिकारको मुद्दा उठाएको र युद्ध रोक्ने पहल नगरेको बताउँदै उनले रुसविरुद्ध भोट गर्नको लागि मात्रै प्रस्ताव ल्याएको बताइन् ।

“यो प्रस्ताव मात्र एउटा देश – रुसविरुद्ध भोट गर्नका लागि थियो । यहि देखेर मैले भोट नगर्ने निर्णय गरेँ” प्रधानमन्त्री हसिनाले भनिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal