आज :

अछाममा माओवादी केन्द्रको घरदैलो अभियान

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अछामले चुनाव केन्द्रीयत घरदैलो अभियान सुरु गरेको छ । अभियान चौरपाटी गाउँपालिकाबाट सुरु गरिएको हो ।

घरदैलो अन्तरगत चौरपाटीको दुनीमा कार्यक्रममा युवा नेता दिपक साउद, डम्बर रावल, गाउँपालिका इन्चार्ज रामबहादुर थापा, वडाअध्यक्ष बहादुर साउद, गाउँपालिका अध्यक्ष जीवन साउदले सहभागी थिए ।

त्यसैगरी अभियान क्रममा आइतबार बान्निगढी-जयगढमा पार्टी कार्यालय उद्घाटन, कार्यकर्ता प्रशिक्षण सम्पन्न भएको छ । शंकरले संचालन गरेको कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष जगत थापाले गरेका थिए ।

कार्यक्रममा दिपक थापा, दीपक साउद (तरंग), डम्बर रावल, जिल्ला संयोजक  रविन्द्र साउद, लोकेन्द्र साउद, निर्मलालगायत उपस्थित थिए । स्थानीय नेता कार्यकर्ता र समर्थक तथा शुभचिन्तकको सहभागी थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले जित्ने दाबी गरे । उनीहरुले माओवादीले जितेमात्रै जनताका अधिकार सुरक्षित हुने बताउँदै मतदान गर्न आग्रह गरे ।

त्यसैगरी अछामका अन्य पालिकामा चुनाव केन्द्रीत घरदैलो अभियान सुरु भएका छन् । टोलबाट सुरु भएका अभियान पालिका हुँदै जिल्लाभर पुग्ने माओवादी केन्द्र अछामले जनाएको छ ।

अभियानको क्रममा सहिद परिवारसँग भेटघाटसँगै स्थानीय कार्यकर्ता तथा समर्थकसँग अन्तरक्रिय कार्यक्रम भइरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal