
काठमाडौं । श्रीलंकामा आन्दोलन झन् चर्किँदै गएको छ । चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावका कारण जनजीवन कष्टकर भएपछि नागरिक राष्ट्रपति गोटबय राजपक्षको विरोधमा सडक प्रदर्शन बढ्दै गएको छ ।
राष्ट्रपतिसहित सरकारी मन्त्री र उच्च अधिकारीहरुको इन्धन र बिजुली नकाटिएको समाचारबाट सुरु भएको आन्दोलन सत्ता पल्टाउने दिशामा अघि बढेको छ । राष्ट्रपति राजपक्षले आफ्ना भाइ र भतिजलाई महन्तवपूर्ण मन्त्रालयको जिम्मा दिएका छन् । राजपाक्ष पारिवारिक सदस्यहरूले आर्थिक संकटको सामना गर्नु नपरेको भन्दै जनता आक्रोश बढेको हो ।
अहिले देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ, इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ।
बीबीसीका अनुसार यी विरोध प्रदर्शनहरू सन् २०१९मा स्थायित्व र कडा व्यवहारको प्रतिबद्धताका कारण अत्यधिक बहुमतका साथ सत्तामा पुगेका राष्ट्रपति राजपक्षको लोकप्रीयता एकाएक उल्टो दिशामा पुगेका छन् । राष्ट्रपतिको बढ्दो नातावाद र भ्रष्टाचारका घटनाका नागरिक संकटतर्फ औंला उठाइरहेका छन् ।
सरकारले देशको हालको खराब अवस्थाका लागि कोरोनाभाइरस महामारीले पर्यटन उद्योगमा पारेको नराम्रो प्रभाव र सन् २०१९ मा इस्टर आइतबारका दिन देशका गिर्जाघरहरूमा श्रृङ्खलाबद्ध हमला भएपछि पर्यटक आगमनमा भएको उल्लेख्य कमी जस्ता कारण जिम्मेवार रहेको बताउँदै पन्छिदै गरेको छ ।
जनताको विरोध देशभर फेलिएको छ । यसलाई दवाउन सरकारले सुरक्षाकर्मी परिचान गरेको छ । देशभर क’र्फ्यू समेत लगाएर नागरिकको आवाजलाई दवाव खोजिरहेको छ ।