आज :

प्रधानमन्त्री देउवाको भारत भ्रमणः आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ । तीनदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता हुन लागेको हो ।

भ्रमणको पहिलो दिन देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा रहेका प्रधानमन्त्री देउवा र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो ।

हिजै प्रधानमन्त्री देउवाले सुरक्षा सल्लाहकार अजित डोभालले भेट गरेका थिए भने भारतीय जनता पार्टीको केन्द्रीय कार्यालय पुगेका थिए । भाजपाका अध्यक्ष जगत प्रकाश नड्डा र देउवाबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री देउवा शुक्रबार साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको जानकारी गराएका थिए । देउवाले मोदीसँगको भेट उपलब्धीमूलक हुने आशा व्यक्त समेत गरे ।

प्रधानमन्त्री देउवाले मोदीसँगको भेटमा सीमा विवाद समाधानको विषयमा उठान विज्ञहरुले सुझाव दिएका छन् ।

जम्बो टोली बोकेर शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ । भारतीय सरकारले भन्दा भाजपाले देउवाको स्वगात बढी गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal