आज :

आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । आज घोडेजात्र मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन उपत्यकामा विशेष कार्यक्रम गरी मनाइन्छ । घोडेजात्रको अबसरमा नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गर्ने तयारी छ ।

नेपाली सेनाले टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने छ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको जनविश्वास छ । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

गुरुमापालाई घोडाको टापले कुल्चाएर दबाउने विशवासका साथ प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी मनाइन्छ । साथै, शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

आज सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal