आज :

४३ जिल्लामा राष्ट्रिय भूमि अयोग गठन, अध्यक्षले गरे शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय भूमि आयोगको थप ४३ जिल्लामा जिल्ला आयोग गठन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठको उपस्थितीमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आयोगका नवनियुक्त जिल्ला अध्यक्षहरुलाई विहीबार काठमाडौंमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

उक्त अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्रिय भूमि आयोग गठनको उदेश्य एवं संविधानको भावना र मर्म अनुसार जतिसक्दो छिटो कामगर्न आयोगका नवनियुक्त अध्यक्षहरुलाई निर्देशन दिइन् ।

मन्त्री श्रेष्ठले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने अहिलेको सरकारको मुख्य उदेश्य रहेको भन्दै आगामी दिनमा फेरी पनि आयोग गठन गरिरहनु पर्ने तथा भुमि सम्बन्धी विषयमा हात हालिरहनु पर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न आयोगका पदाधिकारी र नवनियुक्त अध्यक्षहरुलाई आग्रह गरिन् । उनले लक्ष्य तथा उदेश्य पुरा गर्न व्यवहारमा नै देखिने र नागरिकले अनुभुती गर्ने गरी काम गर्न निर्देशन दिँदै कुनै आग्रह पूर्वाग्रहविना सबै भूमिहिनले जग्गा प्राप्त गर्ने गरी कामगर्न सम्बद्ध सबै पक्षलाई आग्रह समेत गरिन् ।

मन्त्री श्रेष्ठले अबको कही दिनभित्रै सुकुम्बासीलाई लाालपूर्जा वितरणको काम शुरु गर्ने तयारी भइरहेको भन्दै अब छिट्टै सुकुम्बासीको हात हातमा लालपूर्जा पर्ने बताइन् ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले तोकीएको समय काम सम्पन्न गर्ने अपेक्षा रहेको भन्दै आवश्यक सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले सरकार र मन्त्रालयबाट आएको मार्गनिर्देशनलाई इमान्दार भएर पुरा गर्न आयोगका जिल्ला अध्यक्षहरुलाई आग्रह गरे ।

आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले जनतालाई मूमिहिनताको अवस्थाबाट अन्त्य गर्न आयोगले काम थालिसकेको भन्दै भूमिहिन सुकुम्बासी र भूमिहिन दलितको लगत संकलन गर्ने, जग्गा नाँपजाच, निवेदन दर्ता र निस्सा वितरणको काम शुरु गरिसकेको बताए । यसअघि २८ जिल्लामा राष्ट्रिय भूमि आयोगको जिल्ला आयोग गठन भईसकेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal