आज :

स्थानीय चुनाव आउन ४२ दिन बाँकीः तालमेलको लागि माओवादी र एमालेका नेताहरुबीच छलफल

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन आजबाट ४२ दिन मात्रै रहेका छन् । केन्द्रदेखि गाउँसम्म चुनावी चहलपहल बढेको छ । नेताहरुले आफ्नो तयारीदेखि चालमेलको लागि पनि छलफल घनिभूत पारेका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपाका शिर्ष नेताहरु चुनावी छलफलमा जुटेका छन् ।

विहीबार सत्ता गठबन्धन दलको बैठक बढी चुनावी तालमेलको विषयमा केन्द्रीय भएको थियो । यसअघि नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले पनि सत्ता गठबन्धनसँग अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ ।

यसैबीच माओवादी र एमालेका दोस्रो तहका नेताहरुले कम्युनिस्टहरुबीच तालमेलको प्रारम्भिक छलफल सुरु गरेका छन् । पानी बाराबारको अवस्थामा पुगेका माओवादी र एमाले नेताहरुलाई मिलाउन चिनियाँ नेताहरुले मध्यस्थता गरिरहेका छन् । चीनले दुबै पार्टीका अध्यक्षको विश्वास पात्रसँग छलफल गरेको बताइएको छ ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वको टोली र देव गुरुङ नेतृत्वको माओवादी नेताहरुको टोलीले चीनमै पनि चुनावी तालमेल हुँदै वामपन्थी एकताको छलफल गरेको बताइएको छ । दुबै टोलीले चीनको कुन्मिङमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुको मध्यस्थतामा छलफल भएको बताइएको छ । पौडेल नेतृत्वको टोली चीनमै रहेकै बेला माओवादी नेताहरु त्यसतर्फ गएका थिए ।

चिनियाँ विदेशमन्त्री वाङले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा वामपन्थीहरुबीच मिल्न सकिने सम्भावनाबारे जिज्ञासा राखेका थिए ।

माओवादी र एमालेका दोस्रो तहका नेताहरुबीच चुनावी तालमेलको लागि छलफल भइरहेको अध्यक्ष प्रचण्डले विहीबारको सत्ता गठबन्धनको बैठकमा राखेका थिए । उनले नेपाली काँग्रेसले चुनावी तालमेललाई हल्ला रुपमा लिएको बताउँदै आफू प्रेसरमा रहेका बताएका थिए । प्रचण्डले माओवादी र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको स्वीकार समेत गरे ।

माओवादी नेता बर्षमान पुनले सत्ता गठबन्धन गर्दा नेपाली काँग्रेसलाई फाइदा पुग्ने भन्दै उसले बुझेन भने आफूहरुको भन्नु केही नभएको बताउँछन् । नेता पुनले पहिलो प्राथमिकता सत्ता गठबन्धन नै भएको तर काँग्रेसले तालमेल नचाहे आफूहरुले पनि नयाँ ढंगले छलफल गर्ने संकेत गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal