आज :

पपुवान्युगिनीलाई हराउँदै नेपाल फाइनल प्रवेश, पीएनजी अंक विहीन

काठमाडौँ । नेपाली टोलीले पपुवान्युगिनीलाई हराउँदै त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले बिहीबार भएको खेलमा पपुवान्युगिनी (पीएनजी) लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

नेपालले जितको लागि पीएनजीलाई २०४ रनको लक्ष्य दिएको थियो । त्रिवि क्रिकेट मैदानमा नेपालली टोलीले दिएको लक्ष्यलाई पूरा गर्न नसक्दा पीएनजी पराजित हुन पुगेको छ । लक्ष्य पछ्याउँदै पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६६ रन बनाउन सक्यो ।

पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ९ चौका प्रहार गरे भने टोनी उराले ४३ रन बनाउँदा सेसे बाउटले २५ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहराले दुई–दुई विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० मा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्रले ६६ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

दीपेन्द्रलाई नोसाइना पोकानले १९ ओभरको अन्तिम बलमा क्याच आउट गराएका थिए । त्यस्तै आदिल अन्सारीले ३१ रनको योगदान गरे । उनले ११ बलमा १ चौका र ३ छक्का प्रहार गरे । आदिललाई कबुवा मोरेआले एलबीडब्लू आउट गराए ।

यसै ओभरमा मोरेआले करण केसी र दिलीप नाथलाई क्याच आउट गराएका थिए । नेपालले सातौं ओभरको दोस्रो बलमा नेपालले आफ्नो पहिलो विकेट गुमायो । नेपालका कुशल भुर्तेललाई पीएनजीका रिले हेकुरेले १७ रनमा क्याच आउट गराए ।

नेपाले दसौँ ओभरको चौथो बलमा आफ्नो दोस्रो विकेट गुमायो । नेपालका आसिफ शेखलाई नोरमान भानुवाले ३८ रनमा क्याच आउट गराए । १५ औं ओभरको दोस्रो बलमा नेपालले आफ्नो तेस्रो विकेट गुमायो । नेपालका रोहित कुमार पौड्यललाई रिले हेकुरेले ४१ रनमा क्याच आउट गराए ।

आजको जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेर फाइनलमा स्थान बनायो । दोस्रो स्थानमा रहेको मलेसियाको २ अंक छ । आजको खेल पीएनजीको लागि ठूलै झट्का लागेको छ । उ पराजयसँगै अंक बिहिन बनेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal