आज :

काँग्रेसले चुनावी कमाण्डर तोक्यो, एमालेसँग तीनै तहका चुनावमा तालमेल नगर्ने

काठमाडौँ । नेपाली काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग कुनैपनि ठाउँमा तालमेल नगर्ने भएको छ । मंगलबार साँझ सकिएको केन्द्रीय समिति बैठकले आवश्यकतका आधारमा सत्ता गठबन्धनसँगै चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

यो सँगै काग्रेस र एमालेको चुनावी तालमेलको ढोका बन्द भएको छ । बैठकमा माओवादी बलियो भएको कर्णाली, रुकुम, रोल्पालगायतका स्थानमा एमालेसँग तालमेल गर्नुपर्ने धारणा आएपनि कुनै पनि स्थानीय तहम पार्टीको निर्णयविरुद्ध जान नपाइने निर्णय गरेको छ ।

बैठकले आफ्नो अवस्था सुदृढ भएको र एक्लै धेरै स्थान जित्ने काँग्रेस नेताहरुले बैठकमा धारणा राखेको बताइएको छ । यसले के देखाएको छ भने, काँग्रेसले गठबन्धनसँगै तालमेल गर्ने निर्णय गरेपनि आफूले जित्ने भनिएका स्थान गबन्धनलाई छोड्न तयार नभएपछि वामपन्थी तालमेल पनि सक्ने बताइएको छ ।

अब काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर तालमेलका लागि केन्द्र, प्रदेश र जिल्लामा समेत संयन्त्र बनाउने तयारी सभापति शेरबहादुर देउवाले गरेका छन् । यदि काँग्रेसले संयन्त्र बनायो भने स्थानीय स्तरमा चाहेको जसो अवस्था नहुन सक्छ ।

काँग्रेसले महानगरका उम्मेदवार मात्रै केन्द्रले टुंगो लगाउनेछ । कांग्रेसको विधानमा तालमेलबारे निर्णयमै स्थानीय तहको उम्मेदवार चयन गर्न व्यवस्था गरिएको छ । महानगरका उम्मेदवार मात्रै केन्द्रले निर्णय गर्नेछ ।

काँग्रेसको विधानमा वडा सदस्य तथा वडाध्यक्षको उम्मेदवार छनोटको अधिकार प्रतिनिधिसभा क्षेत्र, गाउाँपालिका प्रमुख तथा उपप्रमुखको जिल्ला र नगर तथा उपमहानगरको उम्मेदवार छनोटको अधिकार प्रदेश संसदीय समितिलाई दिइएको छ ।

यसैबीच काँग्रेसले चुनावी कमाण्डर तोकेको छ भने संसदीय समितिको टुंगो लागेको छैन । समितिमा नेता शेखर कोइरालले भागबण्डा खोजेकोले समिति बन्न नसकेको एक नेताले बताए ।

काँग्रेसले स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ । खड्काको मातहतमा स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

त्यस्तै निर्वाचन प्रचार प्रसार समिति संयोजकमा प्रवक्ता डा. महत नै चयन भएका छन् । सदस्यहरु सभापति देउवाले आपसी सहमतिमा चयन गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal