आज :

माओवादीसँग मिलेर चुनाव लड्ने काँग्रेसकाे तयारी, गठबन्धनको विपक्षमा जानेलाई कारवाही

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धन दलहरुसँग चुनावी गठबन्धन गर्ने निर्णय गर्न लागेको छ । त्यसको लागि आज (मंगलबार) केन्द्रीय समिति बैठक बोलाइएको छ । काँग्रेसमा चुनावी गठबन्धनलाई लिएर मत विभाजित भएपनि सभापति शेरबहादुर देउवा गठबन्धनको पक्षमा उभिएका छन् ।

अर्को नेता डा. शेखर कोइराला समूहले चुनावी गठबन्धन नगरी काँग्रेस एक्लै चुनावमा जानुपर्ने बताउँदै आएको छ । तर, प्रधानमन्त्री समेत रहेका देउवाले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् । उनले कम्युनिस्ट मिलेपछि काँग्रेसका अवस्था २०७४ सालकै हुने भन्दै गठबन्धन गर्नुपर्नेमा अडान कायमै राखेका छन् ।

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण मतहतले स्थानीय तह निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आजको केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने बताए । महत पनि गठबन्धन नगरे काँग्रेसले धेरै स्थानमा जित हासिल गर्न नसक्ने बताउँछन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि माओवादीसँग सहकार्य गरेर एमालेको स्थान लिनुपर्ने धारणा राख्दै आएका छन् । मुख्य मुख्य शहर बाहेक अन्य क्षेत्रमा स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुने देखिन्छ ।

काँग्रेका केही नेताहरुले सत्ता गठबन्धनसँग मिलेर चुनाव लड्न नहुने बताएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्र्ेसले आफूले नै सत्तामा पुर्याएको र दम्भ देखाए सडकमा पुर्याउने चेतावनी दिएका थिए ।

प्रचण्डको चेतावनीपछि काँग्रेस नेताहरुले गठबन्धनको विरुद्धमा खुलेर बोल्न छोडेका छन् भने प्रधानमन्त्री देउवा पनि दृढ देखिएका छन् । काँग्रेसका एक नेताका अनुसार आज औपचारिक निर्णय गर्ने र गठबन्धन विरुद्ध जानेलाई पार्टीले कारवाही गर्ने बताए ।

त्यसैगरी बैठकले आगामी चुनावमा उम्मेदवारहरुलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानको व्यवस्था छ ।

संसदीय समितिलाई प्रदेश र प्रतिनिधि सभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ । महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal