आज :

विप्लव नेकपाको निर्णयप्रति असहमति जनाउँदै भीम चापागाईद्वारा राजिनामा

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको निर्णयप्रति असहमति जनाउँदै भीम चापागाईले पार्टीमा नरहेको घोषणा गरेका छन् । कपिलबस्तुमा केन्द्रीय समिति बैठक सकिएलगत्तै सोमबार चपागाईले विज्ञप्तिमार्फत पार्टीमा सो घोषणा गरेका हुन् ।

विज्ञप्तिमा चापागाईले क्रान्तिकारी पार्टीले स्पष्ट राजनीतिक लाइन पास गर्नुपर्नेमा दोधारे नीति लिएको भन्दै त्यसमा आफ्नो असहमति रहेको उल्लेख गरेका छन् । उनले नेतृत्व तहमै आएको सैद्धान्तिक विचलनकै कारण बैठकले स्पष्ट राजनीतिक लाइन लिन नसकेको बताएका छन् ।

“संसदीय चुनाव धोको हो भन्दै यसअघि बहिस्कार गर्ने क्रममा होनाहार योद्धाहरुको शहादत र कयौं योद्धाहरु घाइते हुनको साथै दर्जनौं योद्धाहरु अझै पनि जेलमै छन् । घुमाउरो तरिकाले पार्टी संसदीय भाषमा नै फस्ने खेल नेतृत्वबाट नै हुनु आफैमा ठूलो बिडम्बना हो । जुन कल्पनाभन्दा बाहिरको कुरा थियो । यसबाट म लगायत सम्पूर्ण क्रान्तिकारी योद्धाहरु, मुक्तिकामी जनसमुदाय र क्रान्तिकारी आन्दोलनप्रति ठूलो कुठाराघात भएको छ । पार्टीको केन्द्रीय समितिले लिएको दोधारे राजनीतिक लाइनप्रति असहमति राख्दै आजका मितिबाट म नेपाल कम्युनिस्ट पार्टीमा नरहेको यसै विज्ञप्तिमार्फत जानकारी समेत गराउँदछु” विज्ञप्तिमा उल्लेख छ ।

नेतृत्व तहमै आएको सैद्धान्तिक विचलनको बैठक पराकाष्ठा भएको भन्दै त्यसले क्रान्तिकारी योद्धा र जनसमुदायप्रति कुठराघात भएको बताउँदै विज्ञप्तिमा चापागाईले भनेका छन्, “विगत ८ वर्षदेखि एकीकृत जनक्रान्तिको माध्यमद्वारा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन सकिन्छ भनेर हामी लाग्यौं । तर, एकीकृत जनक्रानितको कार्यभार पूरा गर्ने नेतृत्वमा सैद्धान्तिक विचलन देखा पर्दै आइरहेको थियो । त्यसको पराकाष्ठा आजै सम्पन्न केन्द्रीय समितिको १२ औं बैठक हुन पुग्यो । नेतृत्वमा आएको विचनलनका कारण बैठकले स्पष्ट राजनीतिक लाइन पास गर्न सकेन । यसमा मेरो पूर्ण असहमति रहेको छ ।”

पार्टी मुखपत्र रातोखबरको जिम्मेवारी हुँदै मनाङको सेक्रेटरी समेत भएका चपागाईले यसअघिको चुनाव बहिस्कारको क्रममा होनाहार योद्धाहरुको शहादत र कयौं योद्धाहरु घाइते हुनको साथै दर्जनौं योद्धाहरु अझपनि जेलमै रहेको अवस्थामा पार्टीले घुमाउरो तरिकाले पार्टी संसदीय भाषमा नै फस्ने खेलमा लागेको बताएका छन् ।

विज्ञप्ति

विश्व कम्युनिस्ट आन्दोलन धक्का खाएको अवस्थामा नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउने उद्देश्यले हामी यो आन्दोलनमा लामो समयदेखि निरन्तर लागिरहेकै छौं । विगत ८ वर्षदेखि एकीकृत जनक्रान्तिको माध्यमद्वारा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन सकिन्छ भनेर हामी लाग्यौं । तर, एकीकृत जनक्रानितको कार्यभार पूरा गर्ने नेतृत्वमा सैद्धान्तिक विचलन देखा पर्दै आइरहेको थियो । त्यसको पराकाष्ठा आजै सम्पन्न केन्द्रीय समितिको १२ औं बैठक हुन पुग्यो । नेतृत्वमा आएको विचनलनका कारण बैठकले स्पष्ट राजनीतिक लाइन पास गर्न सकेन । यसमा मेरो पूर्ण असहमति रहेको छ ।

संसदीय चुनाव धोको हो भन्दै यसअघि बहिस्कार गर्ने क्रममा होनाहार योद्धाहरुको शहादत र कयौं योद्धाहरु घाइते हुनको साथै दर्जनौं योद्धाहरु अझै पनि जेलमै छन् । घुमाउरो तरिकाले पार्टी संसदीय भाषमा नै फस्ने खेल नेतृत्व तहबाट नै हुनु आफैमा ठूलो बिडम्बना हो । जुन कल्पनाभन्दा बाहिरको कुरा थियो । यसबाट म लगायत सम्पूर्ण क्रान्तिकारी योद्धाहरु, मुक्तिकामी जनसमुदाय र क्रान्तिकारी आन्दोलनप्रति ठूलो कुठाराघात भएको छ । पार्टीको केन्द्रीय समितिले लिएको दोधारे राजनीतिक लाइनप्रति असहमति राख्दै आजका मितिबाट म नेपाल कम्युनिस्ट पार्टीमा नरहेको यसै विज्ञप्तिमार्फत जानकारी समेत गराउँदछु ।

माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दैै अधुरो क्रान्तिलाई पूरा गर्ने नयाँ बाटोको खोजी आजको आवश्यकता हो । जुन बाटोमा लाग्न क्रान्तिकारीहरुलाई यसै विज्ञप्तिमार्फत आह्वान समेत गर्दछु ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal