आज :

चिनियाँ विदेशमन्त्री आज स्वदेश फर्किँदै, अमेरिकालाई संकेत गर्दै भने- भूराजनीतिक चलखेल अस्वीकार्य

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वादेश फिर्ता हुन लागेका छन् । तीन भ्रमणको लागि वाङ शुक्रबार काठमाडौं आइपुगका हुन् ।

वाङको नेपाल भ्रमणको क्रममा नेपाल र चीनबीच ९ बँदेमा सम्झौता भएको छ । चीनले नेपाललाई ११ अर्ब अनुदान रकम पनि उपलब्ध गराउने बताएको छ । नेपाली समकक्षी परराष्ट्र मन्त्री नारायण खड्कासँग शनिबार भएको भेटपछि नेपाल र चीनबीच केरुङ–काठमाण्डौ रेलवेको विस्तृत सम्भाव्यता अध्ययनदेखि, कोभिड विरुद्धको खोप अनुदान र नेपालको आर्थिक विकासमा चिनियाँ अनुदान बढाउनेलगायत ९ विषयमा सहमति भएको छ ।

समझदारी पत्रमा चिनियाँ विदेशमन्त्री वाङ यी र नेपालका समकक्षी नारायण खड्काको उपस्थितिमा हिजो दुई देशबीच हस्ताक्षर भएको थियो । आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नेपालमा चीन–नेपाल अन्तरदेशीय रेलवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहायता योजना, नेपाल–चीन पावर ग्रिड इन्टर कनेक्सन सम्भाव्यता अध्ययनका लागि सहयोग सम्झौता, सुरक्षित रुपमा स्वस्थ घाँस नेपालबाट चीन निर्यात गर्नेसम्बन्धी समझदारी, चीनमा आयातित ९८ प्रतिशत वस्तुका लागि शुल्क मुक्त कारोबारको विनिमय पत्र, अरनिको राजमार्ग (तेस्रो चरण) मर्मत सम्भार परियोजना हस्तान्तरणको प्रमाणपत्र, रेलवे क्षेत्रमा सहयोग अभिवृद्धि सम्बन्धी सातौँ बैठकको दस्ताबेज, कोभिड–१९ चीन सहायताअन्तर्गत नेपाललाई (पाँचौँ र छैटौँ खेपमा ४० लाख सिनोभ्याक खोप) आपूर्ति र स्वीकृतिको प्रमाणपत्र तथा चितवनमा रहेको वीपी कोइराला क्यान्सर अस्पतालमा चिनियाँ चिकित्सक टोली पठाउनेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

शनिबार नै चीन सरकारद्वारा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । हिजो बेलुका प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका थिए ।

आज विदेशमन्त्री राष्ट्रपति विद्यादेवी भणडारी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेर स्वादेश फर्किने भएका छन् ।

नेपाल भ्रमणको क्रममा वाङले नेपालको भूराजनीतिमा चलखेल गरे आफूहरुलाई अस्वीकार्य हुने बताएका छन् । शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र आफ्ना समकक्षी डाक्टर नारायण खड्कालाई भेटेका उनले नेपाल चीन सहकार्यबाहेक भूराजनीतिक चुनौतीले दुई देशबीचको सम्बन्धमा पार्ने प्रभावका बारेमा पनि चर्चा गरेका थिए।

विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय वा दुई देशको घरेलु अवस्थामा जस्तो सुकै परिवर्तन आएपनि चीनले दुई देशका नेताहरूले तय गरेको मार्गचित्रलाई समर्थन गर्ने र नेपालप्रति मित्रवत् नीतिहरूलाई अडिग भएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।

अमेरिकाले एमसीसीमार्फत नेपालमा जबरजस्ती कुटनीति गर्ने खोजेको भन्दै चीनले विरोध गर्दै आएको थियो । उक्त कुरा वाङले पनि पुनः दोहोर्याए । वाङले चीनले नेपाललाई स्वतन्त्र घरेलु र विदेश नीति सञ्चालनका लागि समर्थन गर्ने बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal