आज :

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणः ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर, बिआरआई परेन

काठमाडौँ । नेपाल र चीन सरकारबीच ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा शनिबार सिंहदरबारमा ९ बुँदे समझदारीमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री नारायण खड्का र दुई देशका प्रतिनिधिमण्डलबीच भेटवार्तापछि नेपाल र चीन सरकारले सो पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा नेपाल-चीन अन्तर देशिय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल-चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिने, नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल चीनबीच आर्थिक तथा प्रविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङमा उपस्थितिमा चीनको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता र अन्तरदेशीय रेल निर्माणसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच हस्ताक्षर गरेका थिए ।

बहुचर्चित चीनको महत्वकांक्षी परियोजना बिआरआइबारे भने नेपालले तत्काल अगाडि बढाउन आनकानी गरेको छ । यसअघि नै नेपाल बिआरआइमा सहभागी भइसकेपनि सरकारले त्यससँग सम्बन्धित कुनै परियोजनामा चाँसो देखाएन ।

सरकारले चर्को विवादबीच अमेरिकी परियोजना एमसीसी संसदबाट अनुमोदन गरेपनि बिआरआइप्रति चाँसो नदेखाउनुले कुटनीतिक रुपमा असर पर्ने विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal