आज :

उत्तर कोरियाले अमेरिकासम्म सजिलै क्षेप्यास्त्र हान्‍न सक्छ, बाइडन तनावमा

काठमाडौँ । जनवादी गणतन्त्र कोरियाले पछिल्लो पटक अन्तरमहादेशी क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । यो क्षेप्यास्त्रले एक हजार किलो अणविक हतियार बोक्न सक्ने क्षमता राख्छ भने अमेरिकाको जुनसुकै शहरमा पनि मार हान्न सक्छ ।

ठूलो देशहरुले आफ्नो लागि खतरा हुने भएकोले अन्तरमहादेशीय क्षेप्यास्त्र (आईसीबीएम) निर्माण र परीक्षणमा प्रतिबन्ध लगाएका छन् तर कोरियाले यसको विकास गरिरहेको छ । पहिलो पटक अमेरिकाले सन् २०१७ यता आईसीबीएमको परीक्षण गरेको थियो ।

कोरियाले पछिल्लो पटक परीक्षण गरेको मिसाइल १५ हजार किलोमिटरसम्म मार हन्न सक्ने बताइएको छ । यसले अमेरिकासम्म सजिलै मार हान्न सक्छ भने विकास गरिएका रार्डरले यसलाई रोक्न पनि नसक्ने बताइएको छ ।

रुस युक्रेन विवादसँगै उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्रको प्रक्षेपण परीक्षणहरू गरिरहेको छ । उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र आईसीबीएम प्रणालीको भएको जापना, अमेरिका र दक्षिण कोरियाले बताएका छन् ।

उत्तर कोरियाले भने ती गतिविधिहरू भूउपग्रह प्रक्षेपण भएको दावी गरेको छ । संयुक्त राष्ट्रसङ्घले यस्तो क्षेप्यास्त्र तथा परमाणुअस्त्रहरूको परीक्षण गर्न उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्धको कुनै वास्ता नगरी कोरिया अघि बढिरहेको छ ।

कोरियाका सर्वोच्च नेता किम जङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको वार्तापछि प्योङयाङले लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेको थिएन । तर सन् २०२० मा किमले आफू उक्त वाचालाई निरन्तरता दिन बाध्य नरहेको बताएका थिए ।

बीबीसीका अनुसार सन् २०१७ मा उत्तर कोरियाले आईसीबीएम– ह्वासङ–१२– परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र ४,५०० किलोमिटरसम्म पुगेको थियो ।

त्यस्तै, ह्वासङ–१४ अझ बढी अर्थात् ८,००० किलोमिटरसम्म पुगेको थियो । विज्ञहरूले सन् २०१७ को क्षेप्यास्त्र नियमित बाटोअनुसार अघि बढेको भए त्यो १३,००० किलोमिटरसम्म पुग्न सक्ने र त्यसको अर्थ अमेरिकाको मूलभूमिको कुनै पनि क्षेत्रमा त्यो पुग्नसक्ने अनुमान गरेका बताइएको छ ।

कोरियाले त्यस्तै, ह्वासङ–१५ ले सजिलो १३ हजार किलोमिटरसम्म मार हान्न सक्छ । भने त्यस्तै, ह्वासङ–१७ ले १५ हजार किलोमिटरसम्म सजिलै मार हान्न सक्छ । यी सबै क्षेप्यास्त्र परमाणुअस्त्र बोक्न सक्छन् । यसले एकै पटक तीनवटा एटम हतियार बोक्न सक्छ । यो नै अमेरिकाको सबैभन्दा टाउको दुखाइको विषय बनेको छ ।

यसै महिना केहीअघि उत्तर कोरियाको पङगि–री परमाणु परीक्षण केन्द्रमा विभिन्न गतिविधि भइरहेको भूउपग्रहबाट खिचिएका तस्बिरले देखाएको थियो । त्यसपछि प्योङयाङले परमाणु अस्त्र र लामो दूरीका क्षेप्यास्त्र परीक्षण पुनः आरम्भ गर्न सक्ने आशङ्का व्यक्त गरिएका थिए ।
पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि अमेरिकी राष्ट्रपति जो बाइडन चिन्तित भएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । युद्धको लागि युक्रेनलाई उक्साइरहेका बाइडनको लागि कोरियाको यो पछिल्लो कदम झट्काको रुपमा रहेको छ ।

युक्रेन युद्धले विश्वयुद्धको रुप लिए कोरियामा सहभागी हुने संकेतको रुपमा यसलाई लिइएको छ । परमाणुअस्त्रसहित अमेरिकासम्म पुग्ने क्षेप्यास्त्र आफूसँग रहेको देखाउन पछिल्लो परीक्षण गरेको हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal