आज :

अष्ट्रेलिया पढ्न जानेको लागि आयो खुसीको खबर

काठमाडौं। आफ्नो करियर बनाउन अष्ट्रेलिया पढ्न जाने विद्यार्थीको लागि एक्सेस एजुकेसन नेटवर्कले खुसीको खबर ल्याएको छ ।

यही चैत्र १३ देखि १८ गतेसम्म एक्सेस अष्ट्रेलिया विकको आयोजना गर्दैछ । उक्त कार्यक्रममा अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरु सम्मिलित भई अष्ट्रेलियामा भएका कलेज तथा युनिभर्सिटी सम्बन्धि जानकारी, त्यहाँका भर्ना प्रक्रिया र पढाइ हुने कोर्सको बारेमा बुझ्न सक्नेछन् ।

कार्यक्रममा विभिन्न कोर्षहरुमा फी, स्कोलर्सिप,ग्रान्ट लगायतका विभिन्न अफरको सुविधा समेत रहेको छ ।

उक्त कार्यक्रम एक्सेसले काठमाडौँमा रहेका आफ्नो ३ मुख्य कार्यालय पुतलीसडक, शाखा कार्यलय बानेश्वर र ललितपुर शाखा कार्यालय कुमारीपाटीमा गर्दैछ ।

यस कार्यक्रममा अष्ट्रेलियाबाट हार्बर कलेज, सिड्नी मेट्रो, क्वीन्सफोर्ड कलेज, साउर्थन एकाडेमी, सिड्नी सिटी कलेज, र्यान्सफोर्ड कलेज, मेडिकस कलेज, प्यासिफिक कलेज, भाइब कलेज, सेन्टरबरी इन्सिच्युट, क्राउन इन्सिच्युट, अष्ट्रेलासियन इन्टरनेसनल एकाडेमी, स्कील्स अष्ट्रेलिया इन्सिच्युट, इन्टरनेशनल इन्सिच्युट अफ एजसकेशन, आरजी आइ टी अष्ट्रेलिया, अष्ट्रलियन टेक्निकल कलेजका प्रतिनिधिको पनि उपस्थिति रहने छ । यी कलेजमा धेरै नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विगत १७ वर्षदेखि अष्ट्रेलिया, युके, अमेरिका, न्युज्यल्याण्डलगायतका विभिन्न देशमा विद्यार्थीलाई भर्ना तथा परार्मश दिँदै आएको एक्सेसका नेपालभरमा काठमाडौँ, चितवन, पोखरा, बुटवल, बिराटनगर र बिर्तामोडमा शाखा रहेका छन् । यी सबै शाखाबाट विद्यार्थीलाई सेवा र परार्मशसमेत दिइँदै आइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal