आज :

चिनियाँ विदेशमन्त्री वाङ काठमाडौं आइपुगे, यस्तो छ भ्रमण तालिका

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । नेपाल भ्रमणको लागि वाङ भारत हुँदै नेपाल आइपुगेका हुन् । सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान हुँदै भारत पुगेका थिए ।

वाङको भ्रमण टोलीमा २५ सदस्य छन् । वाङले भोलि विहानबाट मात्रै औपचारिक भेटवार्ता गर्ने छन् । मन्त्री वाङ विमानस्थलबाट द्वारिका होटेल गएका छन् । वाङले पहिलो भेट शनिबार विहान नेपालका समकक्षी डा.नारायण खड्कासँग गर्नेछन् । त्यसअघि उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् ।

नेपालस्थित चिनियाँ दूतावास स्रोतकाअनुसार विदेशमन्त्री वाङले आज साँझ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी लिनेछन् ।

भ्रमणको दोस्रो दिन शनिबार बिहान ६:३० बजे विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ । भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिएको छ ।

त्यसपछि परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाटको कार्यक्रम रहेको छ । त्यही क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । त्यसपछि उनी सिंहदरबारबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटार जानेछन् ।

विदेशमन्त्री वाङले भ्रमणकै दौरानमा काठमाडौंबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पोखरा विमानस्थल चिनियाँ सरकारको ऋण तथा अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।

भ्रमणको तेस्रो दिन आइतबार बिहान ९:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट्ने कार्यक्रम तय भएको बताइएको छ । ओली र दाहालसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको छ । त्यसपछि होटेल द्वारिकाज जाने र त्यहीँबाट उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal