आज :

एनएमबि बैंकको ‘बित्तीय साक्षरता’ सम्पन्न

गैंडाकोट । एनएमबि बैंक गैंडाकोट शाखाले आफना कर्मचारी तथा ग्राहकहरुको सहभागितामा गैंडाकोट–४, दर्शनचोकमा ‘बत्तीय साक्षरता कार्यक्रम’ सम्पन्न गरेको छ ।

कञ्चन आमा समूहको प्राङ्गणमा आयोजना गरिएको सो कार्यक्रममा एनएमबि बैंक गैंडाकोट शाखाका कर्मचारीद्वय प्रदिप खनाल र राजु पोख्रेललले बैंकको परिचय, बैंकले प्रदान गर्दै आइरहेको सेवा, डिजीटल बैंकिङ्गका साथै बैंकको महत्वका बारेमा प्रकाश परेका थिए । उक्त आमा समूहको तर्फवाट निबर्तमान अध्यक्ष शान्ता भुजेलले एनएमबि बैंकले, आउँदा दिनहरुमा पनि यस्ता बित्तीय साक्षरता सम्बन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी समुहलाई अझ शसक्त बनाइदिनेछ भन्ने बिश्वास राखिन् ।

बैंकले सर्बसाधारणलाई बैंकिङ्ग तथा बित्तीय साक्षरता सम्बन्धी सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनमा पनि यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।

एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको र एनएमबि बैंकेले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुच पु¥याउने उद्देश्यले एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal