आज :

एनआरएनको अध्यक्षमा म्याग्दीका विनोद कुँवर निर्वाचित

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ विश्व सम्मेलनबाट विनोद कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । काठमाडौंमा भएको १० औं विश्व सम्मेलनले कुँवरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

चैत्र ८ गतेदेखि एनआरएनएको विश्व सम्मेलन सुरु भएको थियो । म्याग्दी घर भएका नवनिर्वाचित कुँवर लामो समयदेखि दक्षिण कोरियामा व्यवसाय संचालन गरिरहेका छन् । उनी सफल युवा व्यवसायीको रुपमा परिचित छन् ।

कुँवर ३० अघि कोरिया पुगेका थिए । म्याग्दीको बेनी नगरपालिका स्थायी घर भएका कुँवरले नेपालमा ट्राभल, हाइड्रोलगायतका क्षेत्रमा लगानी समेत गरेका छन् । उनले मदिरा, रासायनिक मलगायतका क्षेत्रमा कोरियाको लगानी नेपाल समेत भित्र्याएर देशकै लागि योगदान गरेका छन् ।

नवनिर्वाचित कुँवरले एनआरएनए विशुद्ध गैरराजनीतिक र सामाजिक संस्था भएकाले आफूले सोही अनुसार भूमिका खेल्ने बताए । नवौँ कार्यसमितिले सुझबुझपूर्ण निर्णय गर्न नसक्दा एनआरएनमा अहिलेको विवाद आएको भन्दै अध्यक्ष कुँवरले आफू इमान्दारिताका साथ समस्या समाधानमा लाग्ने बताए ।

एनआरएनमा लामो समयको अनुभव भएका कुँवर संस्थापक सदस्य समेत हुन् । उनी सन् २००९–११ मा कोरियाको अध्यक्ष भए । फेरि सन् २०१३ देखि ०१५ सम्मको कार्यकाल फेरि अध्यक्ष चयन भए । २०१५–०१७ मा आईसीसी सदस्य बनेका  र २०१७–०१९ को मा एसिया प्यासिफिक क्षेत्रको उपसंयोजक भएर काम गरिसकेका छन् ।

त्यसैगरी विश्व सम्मेलनले उपाध्यक्षमा थर्कबहादुर सेन, सुरेन्द्र सिग्देल, उमेश कुमार पुडासैनी, बाबुराम लामा चयन भएका छन् भने महिला उपाध्यक्षमा भूमा लिम्बु चयन भएकी छन् ।

सम्मेलनले  महासचिवमा जानकी गुरुङ, सचिवमा जुनु गुरुङ र कोषाध्यक्षमा डिलाराम खरेल, क्षेत्री संयोजक (युएसए) मा कृष्ण पोखरेल, ओसियानामा केशव कँडेल र युरोप क्षेत्रीय उपसंयोजकमा उल्का प्रसाद घिमिरेलाई चयन गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal