
काठमाडौं । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशमा पदाधिकारी चयन गरेको छ । सहमतिबाट पदाधिकारी चयन हुन नसकेपछि अध्यक्ष बाहेकका पदमा निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गरिएको हो ।
माओवादी केन्द्रले गायत्री गुरुङलाई यसअघि अध्यक्ष चयन गरेपनि अन्य पदमा भने सहमति हुन सकेको थिएन । सहमतिको प्रयास असफल भएपछि बुधबार भएको निर्वाचनबाट उपाध्यक्षमा गुणाखर बस्याल, मित्रशरण शर्मा र ज्ञामनाथ गैरे निर्वाचित भएका छन् ।
यस्तै सचिवमा जगन्नाथ खनाल, सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने, मेख बहादुर भण्डारी र टेक बहादुर बिक निर्वाचित भएका छन् भने कोषाध्यक्षमा तारा भुषाल भएकी छन् ।
गत मंसिरमा सम्पन्न अधिवेशनले गुरुङको अध्यक्षमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भनेपनि पदाधिकारी भने चयन हुन सकेको थिएन ।