आज :

नेटो देशका नेताहरु पुटिनसँग डराउँछन्ः जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटा देशहरु रुससँग डराउने गरेको बताएका छन् । उनले आफ्नो देशले पटक पटक आग्रह गर्दा पनि रुससँग डराएकै कारण नेटो सदस्यता नदिएको बताए ।

राष्ट्रपति जेलेन्स्कीले मंगलबार भिडियो सन्देशमा आफ्नो आकाशलाई प्रतिबन्ध लगाएर सहयोग गर्न गरेको आग्रह पनि नेटोले अस्वीकार गरेको बताए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग नेटो देशका नेताहरु डराउने गरेको दाबी गरेको छ ।

आफ्नो सुरक्षामा खतरा देखिएको भन्दै रुसले युक्रेनमाथि सैन्य अप्रेशन गरेको आज २८ दिन भएको छ । यो रुसले सैन्य अप्रेशनमात्रै चलाएको बताएको छ भने युक्रेनलगायत पश्चिमा देशहरुले दोस्रो विश्वयुद्धपछिको ठूलो हमला भनेका छन् । तर, रुसले यसलाई खण्डन गर्दै आएको छ ।

रुसी सेनाले युक्रेनका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकेको छ भने आधाभन्दा बढी शहरमा नयाँ सरकार घोषणा समेत गरेको छ । जेलेन्स्की सरकारले रुसी भाषीलाई दवाएको थियो । जेलेन्स्की विरोधी जनमत रुसको पक्षमा उभिएको छ । उनीहरुले रुसले बनाएको नयाँ सरकार संचालन गरिरहेका छन् ।

रुसी संचारमाध्यमहरुका अनुसार युक्रेनले नागरिकलाई हतियार दिएकोले केही बस्तीमा हमला गर्नु परेको हो । रुसले कमभन्दा कम मानवीय क्षति पुग्नेगरी हमला गरिरहेको छ । युक्रेनी सेनाले ठूला भवन, विद्यालय, अस्पतालमा लुकेर शहर पसेका रसी सेनामाथि हमला गरिरहेका छन् । अमेरिकाले दिएको इन्टी ट्यांक मिसाइलबाट युक्रेनी सेनाले मानव बस्तीमा लुकेर प्रतिवाद गरिरहेका छन् । त्यस्ता बस्तीमा रुसी सेनाले हमला गरेको छ ।

सोभियतकालिन झण्डा फराउँदै अघि बढेको रुसी सेनाले युक्रेनको राजधानी किभलाई घेराउ गरिरहेका छन् । हवाई हमला गरिरहेको रुसी सेना विस्तारै अघि बढिरहेको किभमा रहेका पत्रकार राजेश पावरले बताएका छन् । त्यस्तै अन्य शहरमा पनि हमला जारी राखेको छ ।

गएराति पनि रुसी सेनाले किभ र मारियोपोलमा भिषण हमला गरेको छ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीको बालहठका कारण मानवीय संकट पैदा भएको छ । बंकरमा लुकेको मानिसहरु खाना र पानी नपाएको विवरण सार्वजनिक भएका छन् ।

जेलेन्स्कीलाई अमेरिकाले उक्साइरहेको छ । अमेरिकी स्वार्थको रक्षाको लागि जेलेन्स्कीले आफ्नो देश खण्डहरमा बदलेका छन् । रुसलाई युद्धमा फसाउन अमेरिकाले जेलेन्स्कीलाई सैन्य सहयोग गरिरहेका छ । अमेरिकामाले लामो युद्धमा रुसलाई फसाएर कमजोर बनाउन चाहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal