आज :

जनयुद्धका घाइतेलाई ‘गणतन्त्रिक सेनानी’ काे सम्मान दिन प्रचण्डले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जनयुद्धको क्रममा घाइते तथा अपांग भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार विहान प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सो ध्यानाकर्षण गराएका हुन् । नेता नारायणकाजी श्रेष्ठसँगै प्रचण्ड बालुवाटार पुगेका थिए ।

अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियासँग जोडिएको विषय भन्दै पाँच बुँदे ध्यानाकर्षण पत्र प्रधानमन्त्री देउवालाई बुझाएका थिए । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि पहल कदमी लिन पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको हो ।

पाँच बुँदे ध्यानाकर्षणमा जनयुद्धमा घाइते भइ अपांग भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । त्यस्तै, जनयुद्धका घाइते भइ अपांगता भएका व्यक्तिहरूको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगतालाई फेरि सूचीकृत हुने मौका उपलब्ध गराउन पनि माग गरिएको छ ।

जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनु भएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाइ यथाशिघ्र कार्यान्वयन गर्न पनि प्रचण्डले ध्यानाकर्षण गराएका छन् । जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरूलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउन पनि पाँच बुँदामा समेटिएको छ ।

भेटमा प्रधानमन्त्रीले अाफू सकारात्मक भएकाे र प्रक्रिया पूरा गरेर अगाडि बढ्ने बचन दिएकाे बताइएकाे छ ।

यस्ता छन् पाँच बुँदे

१. जनयुद्ध/सशस्त्र द्वन्द्व (डकुमेन्ट भएको सरकारी भाषा) मा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,

२. जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्टमा भएको सरकारी भाषा)मा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,

३. जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्टमा भएको सरकारी भाषा)मा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,

४. जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा सहिद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथासिघ्र कार्यान्वयन गर्नुपर्ने,

५. जनयुद्ध/सशस्त्र द्वन्द्व(डकुमेन्टमा भएको सरकारी भाषा) का क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने आदि।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal