आज :

विप्लव नेकपाको बैठकः केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी, कसले के भने ?

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्दैछ । सोमबारसम्म ३६ जनाले महासचिव विप्लवमाले पेश गरेको राजनीतिक प्रस्तावमाथि धारणा राखिसकेका छन् ।

बोल्ने नेताहरुले चुनावलाई उपयोग गर्न सकिने प्रस्तावसहितको राजनीतिक प्रतिवेदनमा फरक फरक धारणा राखेका छन् । एक केन्द्रीय सदस्यका अनुसार ३६ जनामध्ये २२ जनाले चुनावमा सहभागी हुँदा क्रान्तिलाई थप क्षति हुने भन्दै बहिस्कार गरेर जानुपर्ने धारणा राखेका छन् । उनीहरुले अहिले चुनावमा जाँदा विगतमा चुनाव बहिस्कारको औचित्य पुष्टि नहुने समेत दाबी गरेको बताइएको छ ।

त्यसैगरी पार्टी चुनाव उपयोग गरेर जानुपर्ने भन्दै ८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । उनीहरुले चुनावमा जाँदैमा गैरक्रान्तिकारी नहुने बताउँदै कार्यनीतिका रुपमा उपयोग गर्न सकिने धारणा राखेको एक केन्द्रीय सदस्यले बताए ।

चुनाव उपयोग गर्न पक्षमा पार्टी प्रवक्ता तथा सचिवालय सदस्य प्रकाण्ड, सन्तोष बुढामगर रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा भरत बम, अनिल शर्मा विरही, उमा भुजेल, चिरन पुन, ओमप्रकाश पुन, माइला लामालगायत रहेका छन् ।

त्यसैगरी चुनाव बहिस्कार गरेर जानुपर्ने भन्दै धारणा राख्नेहरुमा सचिवलाय सदस्य हेमन्तप्रका ओली, धर्मेन्द्र बास्तोला रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरुमा दिपक चलाउने, चुडामणी ओली, गुणराज लोहनी, सावित्रा दुरा, कृष्ण वाग्ले, बसन्त श्रेष्ठ, नविन बिक, दिपेश राई, सुमन लिम्बु, शैलेस, तेजनाराण साह, सितल, सन्देश पौडेल, मोहलाल चन्द, बन्धु चन्द, बाला थापा, विप्लवलगायत रहेका छन् ।

केन्द्रीय सदस्यहरु डबल शाह, एटम बिसीलगायतका नेताहरुले कार्यनीतिका रुपमा चुनाव उपयोग गर्न सकिने तर परिणाम जनताको पक्षमा आउन नआउनेमा नेताहरु अवस्थाको मूल्यांक नेतृत्वले गर्नुपर्ने बताएको एक नेताले बताए ।

कुल ६५ केन्द्रीय सदस्यमा झण्डै आधाले बोल्न बाँकी रहेकोले बैठक केही दिन लम्बिन सक्ने बताइएको छ । आधा घण्टाको समय छुट्इएको छ तर नेताहरुले एक घण्टासम्म समेत बोलेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal