आज :

१३२ जना सवार चाइना ईस्टर्न एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं । चीनमा यात्रुवाहक विमान दुर्घटना भएको छ । चाइना ईस्टर्न एअरलाइन्सको बोइङ ७३७ विमान ग्वाङ्शी प्रान्तको पहाडमा दुर्घटनामा परेको हो ।

चीनको नागरिक उड्डयन प्रशासनका अनुसार विमान कुन्मिङबाट उडेर ग्वान्जाओतर्फ जाँदै थियो। विमानमा १२३ जना यात्रु र चालकदलका नौ सदस्य रहेको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् ।

दुर्घटना भएको विमानबाट कसैलाई जीवितै उद्धार गर्न सकिने सम्भावना कम रहेको ठानिएको छ। तर दुर्घटनाको कारण र कति मानिस हताहत भए भन्ने विवरण आइसकेको छैन। विमान आगो लागेकोले सवार कोही पनि जिवित नभेटिने सम्भावना बढी रहेको चिनियाँ संचारमाध्यमहरुले बताएका छन् ।

चिनियाँ विमानहरू राम्रो सुरक्षा प्रत्याभूति गर्नेमा गनिन्छन्। यसअघि चीनमा ठूलो हवाई दुर्घटना १२ वर्षअघि भएको थियो। चीनको सीसीटीभीका अनुसार उद्धारकर्ताहरू घटनास्थलमा परिचालित भएका छन् र दुर्घटनाका कारण जङ्गलमा लागेको आगो निभाएका छन्।

सामाजिक सञ्जालमा स्थानीय बासिन्दाले शेअर गरेको जस्तो देखिने भिडिओहरूमा विमानका भग्नावशेषहरू पहाडमा यत्रतत्र छरिएका देखिन्छन्। दुर्घटना भएको ठाउँमा आगोको ज्वाला र धुवाँको मुस्लो देखिन्छ।

फ्लाइट ट्र्याकिङ गर्ने बेवसाइटहरूका अनुसार विमान एक घण्टाजति आकाशमा थियो। विमान कम्पनीले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।

स्थानीय सञ्चार माध्यमका अनुसार उसले सामाजिल सञ्जाल वेबोमा आफ्नो लोगो खरानी रङ्गको बनाएको छ र वेबसाइट श्यामश्वेत बनाएको छ।

विमान वुझोउ प्रान्तनजिकै रहेको तेङ काउन्टी छेउमा झरेको देखिएको छ। ग्वाङ्शी प्रान्त ग्वान्जाओनजिकै छ। FlightRadar24 मा प्रकाशित विवरणअनुसार विमान अन्तिम पटक स्थानीय समयानुसार २:२२ बजे ३,२२५ फिटको उचाइमा रहेको देखिएको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal