आज :

मन्त्री पद नपाएपछि विष्ट एमालेमा प्रवेश, माओवादी नेताहरु भन्छन्- ‘बा’ को घुँडा चुस्‍न गए ! 

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेशका नेता ठम्बर बहादुर विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक समेत रहेका विष्टले सांसद पदबाट राजिनामा दिएका थिए ।

माओवादी केन्द्रको कर्णाली प्रदेशले राजिनामा फिर्ता लिन निर्देशन दिएको थियो तर विष्टले फिर्ता लिएनन् । माओवादी केन्द्र कर्णाली प्रदेश  दलको सदस्यबाट निलम्बन गरेको थियो ।

माओवादीले निलम्बन गरेपछि विष्टले आइतबार एक कार्यक्रमबीच एमालेमा प्रवेश गरेका छन् । आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा विष्टले एमाले प्रवेश गरेका हुन् । उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अबिर लगाएर स्वागत गरेका थिए ।

विष्टले माओवादीले एमसीसी पास गरेको, वरिपरी घुम्नेहरुले मात्रै फाइदा लिएको र माओवादीले धाेका दिएको भन्दै २७ गते पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

माओवादीका नेताहरुले ठम्बर विष्ट तत्कालिन (नेकपा) कै बेला पनि ओली समूहमा गएको बताएका छन् । (नेकपा) विभाजनपछि मन्त्री बनाउने आश्वासनपछि माओवादीमै रहेका विष्ट त्यसपछि संदीय दलको प्रमुख सचेतक बनाएका थिए ।

माओवादीले विष्ट अबसरवादी नेता भएको भन्दै आमाको दूधले नपुगेको ‘बा’ को घुँडा चुस्‍न गएको बताएका छन् । कर्णाली प्रदेशका एक नेताले विष्ट अहिले मन्त्री नपाएरै एमालेमा प्रवेश गरेकाे बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal