आज :

विप्लव नेकपाको केन्द्रीय समिति बैठक आजबाट, चुनाव उपयोग गर्ने प्रस्ताव पेश हुँदै

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आजबाट बस्दैछ । बिहान ८ बजे कपिलवस्तु शिवगढीमा बस्न लागेको बैठकको सबै तयारी पूरा भएको जनाइएको छ ।

बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरु सबै सम्पर्कमा पुगिसकेको बताइएको छ । बैठकमा केन्द्रीय समिति बैठकमा पार्टीको पछिल्लो अवस्था, एमसीसी, स्थानीय निकायको निर्वाचनबारे छलफल गरी आगामी कार्यक्रम तय गर्ने बताइएको छ ।

एक नेताका अनुसार आजको बैठकमा महासचिव विप्लवले राजनीति प्रतिवेदन पेश गर्नेछन् । प्रस्तावमा राष्ट्रिय राजनीतिको समिक्षा गर्दै स्थानीय तहको चुनावमा सहभागी हुने प्रस्ताव गरिएको बताइएको छ ।

यसअघि विप्लवले सचिवालय बैठकमा चुनावमा सहभागी हुने प्रस्ताव राखिसकेका छन् । तर सर्वसम्मत हुन नसकेपछि केन्द्रीय समितिमा छलफल गरेर टुंगो लगाउने बताइएको थियो ।

सचिवालयमा चुनाव उपयोगको विपक्षमा धर्मेन्द्र बास्तोला, हेमन्तप्रकाश ओली र सन्तोष बुढाले धारणा राखेका थिए भने उपयोग गर्ने महासचिवको प्रस्तावको पक्षमा प्रबक्ता खड्कबहादुर विश्वकर्मले धारणा राखेका थिए ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेकपाले चुनावमा सहभागी हुने जानकारी दुई दिन पहिले प्रबक्ता बिकले गराएका थिए । चुनावमा सहभागी हुने निर्णय गरे निर्वाचन सम्बन्धी आवश्यक निर्णय गर्न सरकार तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्वासन दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal