आज :

चेचन्या स्पेसल फोर्स किभ पुग्यो, रुसलाई जिताउने उद्घोष

काठमाडौँ । आज रुस–युक्रेनको यु’द्धको १९ औं दिन पुगेको छ । रुसी सेनाले राजधानी किभका केही क्षेत्र नियन्त्रण दिइसकेको छ भने राजधानी किभ नजिकै रहेको युक्रेनी सेनाको गोदाम कब्जामा लिएको छ ।

त्यस्तै रुसी लडाकु बिमानले मिसाइल प्रहार गरेर युक्रेनको हतियार गोदाम ध्वस्त बनाएको विवरण सार्वजनिक भएका छन् । रुसी सेनाले युक्रेनी सेनाका १२ पानी जहाज कब्जा गरेको छ । बर्डिस्को क्षेत्रमा सैन्य उपकरणसहितका १२ जहाज रुसी सेनाले नियन्त्रणमा लिएको हो । युक्रेनी सेनाले लडाइँमा सो क्षेत्रमा प्रयोग गर्दै आएका जहाज छोडेर भागेको बताइएको छ ।

युक्रेनका अधिकांश क्षेत्र रुसी सेनाको नियन्त्रणमा लिइसकेको छ । केही क्षेत्रमा फाटफुट लडाइँ पनि चलिरहेको छ । युक्रेनले सर्वसाधारणलाई हतियार बाँडेका कारण मानवीय क्षति हुने बताइएको छ । गैरसैनिक इलाकाबाट रुसी सेनामाथि हमला भइरहेका छन् ।

यसैबीच युक्रेनी सेनाले विद्यार्थीलाई हतियार बितरण गरेको छ । युक्रेनी सेनाले विद्यार्थीलाई हतियार चलाउन तालिम दिइरहेको भिडियो सार्वजनिक भएको छ । रुसले मानवीय क्षति कम होस् भनेर चाहेकै कारण यु’द्ध लम्बिएको छ ।

राजधानी किभ नियन्त्रण लिन रुसी सेना अगाडि बढिरहेको विवरण सार्वजनिक भइरहेको बेला रुसी मिडियाले चेचन्या स्पेशल फोर्स पनि किभ पुगेको बताएका छन् । लडाइँमा कुशल मानिएको चेचेन आर्मीका प्रमुख नै किभ नजिक पुगेको रुसी मिडियाको दाबी छ । बाक्लो हिउँमा चेचन्या स्पेसल फोर्सका जवानहरु अघि बढेको भिडियो रुसी मिडियाले सार्वजनिक गरेका छन् ।

रुसको अंगको रुपमा चेचन्या पनि युद्धमा सहभागी भएको छ । त्यसअघि लद्ध लम्बिन थालेपछि बेलारुसले पनि रुसी सैनिकलाई सहयोग गर्ने विवरण सार्वजनिक भएका थिए । बेलारुसका सेनाले युक्रेनको सीमा क्षेत्रमा बख्तरबन्द गाडी परेड खेलेको भिडियो सार्वजनिक भएको थियो ।

युद्धलाई शान्तिपूर्ण रुपमा टुंग्याउने प्रयास पनि भइरहेका छन् । यसैबीच पुनः दुबै देशका अधिकारीहरुले भिडियो बार्ता हुने बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आजको वार्ता दुबै देशका राष्ट्राध्यक्षको वार्ताको समय मिलाउन हुने बताएका छन् । तर, रुसले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्कीसँग वार्तालाई अस्वीकार गर्दै आएका छन् ।

यसैबीच जेलेन्स्कीले पुनः नेटोलाई आफ्नो देशको हवाई क्षेत्रलाई निषेधित गर्न आग्रह गरेका छन् । यसअघि नेटोले त्यो गर्नु तेस्रो विश्वयु’द्ध हुने भन्दै अस्वीकार गर्दै आएको थियो । तर, जेलेन्स्कीको पछिल्लो भनाईबारे नेटोले केही बोलेको छैन ।

अमेरिकाले रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको दाबी गरेको छ । अमेरिकाले रुसलाई सहयोग त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिएको छ । तर, चीनले भने त्यसलाई स्वीकार गर्दै रुसले आफूसँग सहयोग नमागेको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal