आज :

माधव नेपालसहित १४ सांसदको फैसला २० गते पूर्ण सुनुवाईबाट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसहितका १४ सांसदका पद रहने वा खारेज हुने फैसला आगामी चैत्र २० गते हुने भएको छ । नेकपा (एमाले) ले नेपालसहित १४ सांसदलाई गरेको कारबाही सम्बन्धी मुद्दमाको आइतबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडाको इजलासले पूर्ण इजलासबाट फैसला गर्ने आदेश जारी गरेको छ ।

इजलासले लिखित जवाफ परिसकेको र मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश दिएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित १४ सांसदलाई गरेको कारवाहीलाई मान्यता नदिएको भन्दै सर्वोच्च अदालत पुगेका थिए । ओलीले निर्वाचन आयोगलगायत विपक्षी बनाएका छन् ।
एमाले विभाजन गरी एकीकृत समाजवादी पार्टी गठन गरेपछि ओलीले नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गर्न सभामुखलाई लिखित उजुरी दिएका थिए । तर, प्रक्रिया पूरा नभएको भन्दै सभामुखले ओलीको उजुरीमा मागअनुसार निष्कासन गरेका थिएनन् । त्यसपछि एमालेले सभामुखको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले निष्कासनमा परिसकेका नेताहरुले सनाखत गरेर अर्को पार्टी गठन गरेको भन्दै त्यसलाई मान्यता नदिन एमालेले निर्वाचन आयोगलाई आग्रह गरेको थियो । तर निर्वाचन आयोगले पनि एमाले आग्रहलाई अस्वीकार गर्दै माधव नेपालसहित नेताहरुकै सनाखतबाट एकीकृत समाजवादी दल दर्ता गरेको थियो ।

एमालेले लुम्बिनी प्रदेशसभामा पनि नेकपा एमालेले सांसदहरु विमला खत्री वली र अजय शाहीलाई कारबाही गरेको थियो । त्यहाँ पनि सभामुखले उनीहरुमाथिको कारबाहीलाई मान्यता नदिएपछि एमालेले यो विषयमा पनि सर्वोच्चमा रिट दायर गरेको थियो । चैत २० गते हुने पूर्ण सुनुवाइमा यी सबै मुद्दा एकै पटक सुनुवाइ हुनेछ ।

यदि एमालेकाे मागअनुसार सर्वाेच्च अदालतले नेपालसहितका सांसदकाे पद खारेज गर्ने फैसला गरेपछि एकीकृत समाजवादीकाे वैधानिकतामाथि नै प्रश्न उठ्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal