आज :

व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयन नभए आन्दोलनमा जान्छौंः प्रचण्ड

काठमाडौं । नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बिराटनगर पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए प्रचण्डले आफ्नो पार्टी आन्दोलनमा जाने  बताए ।

एमसीसी संसदमा अनुमोदन गर्ने विषयलाई लिएर पार्टीभित्र विवाद भएको स्वीकार गर्दै प्रचण्डले चुनावपछि थप छलफल हुने बताए । प्रचण्डले पार्टीमा एमसीसी फेल भएमा आफूले नैतिकताका आधारमा राजिनामा दिने समेत घोषणा गरेका छन् । संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने,‘ आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला ।’

प्रचण्डले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने पनि बताए ।

एमसीसीको विरोध गर्दै नेकपा एमालेमा प्रवेश गर्ने नेताहरुलाई नेपाल मजदूर किसान पार्टीमा जान सुझाव समेत दिएका छन् । एमसीसीको विरोध गरेर एमालेमा जानुको कुनै अर्थ नभएको समेत बताए ।

अर्को प्रशंगमा प्रचण्डले सभामुखले पार्टी फुटाउन भूमिका खेलेको भनिनुको तर्क नै नरहेको बताए । सभामुखले संविधानअनुसार आफ्नो भूमिका खेल्दा पनि परिवर्तन विरोधी भूमिकामा रहेको एमालेले बखेडा झिकिरहेको आरोप प्रचण्डले लगाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal