आज :

इरानले अमेरिकी बाणिज्य दूतावासमा मिसाइल हमला गर्‍यो, के भन्यो अमेरिकाले ?

काठमाडौँ । इरानले अमेरिकामाथि मिलाइल हमला गरेको छ । आइतबार विहानै इरानले इराकस्थित अमेरिकी बाणिज्य दूतावास र सैनिक आधार शिविरमा एकै पटक हमला गरेको हो । इरानले १२ वटा शक्तिशाली मिलाइल एकैपटक प्रहार गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् ।

रुस–युक्रेन युद्धको १८ औं दिन पुगेको छ । तेस्रो विश्वयुद्धको सम्भवना नजिकिँदै गरेको विश्लेषण भइरहँदा इरानले हमला गरेको छ । हमलाको पुष्टि गर्दै अमेरिकाले कुनै क्षति नभएको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आपत्तिकालिन बैठक बोलाएका छन् । यसैबीच जर्मनमा रहेको अमेरिकी अमेरिकी सेनाले फाइटर बिमान उडान गरेको छ ।

रुसले युक्रेनमाथि हमला गरेको आज १८ औ दिनमा राजधानी किएभ घेराउ गरिएको छ । रुसी सेनाले किएभमाथि अन्तिम हमलाको तयारी गरेको बताइएको छ ।

राजधानीबाटै केही किलोमिटरमा रहेको एयरपोर्ट रुसी सेनाले नियन्त्रणमा लिएको छ । लडाइँमा उक्त एयरपोर्ट युक्रेनी सेनाले उडान भर्ने गरेको थियो ।

राजधानी किएभको बाहिर क्षेत्रमा अहिले पनि लडाइँ जारी रहेको छ । रुसी सेनाको मुख्य फोर्स निरन्तर अघि बढिरहेको छ । बख्तरबन्द वाडी, ट्यांकसहित अघि बढेको जस्तासँगै हेलिकोप्टर र लडाकु बिमान पनि सँगैसँगै रहेको बताइएको छ ।

रुसी सेनाले शनिबार युक्रेनकै सबैभन्दा ठूलो बैंकमाथि ड्रोन हमला गरेको थियो । राष्ट्रपति कार्यालय नजिकै रहेको उक्त बैंकमा हमला अन्य क्षेत्रमा पनि लडाइँ जारी रहेको छ ।

रुसले किएभलाई घेराबन्दी गरेर शान्तिपूर्ण समाधानको खोजि गरेको थियो । त्यसको तीन चरणसम्म बेलारुसमा रक्षा र एक टर्कीमा विदेशस्तरीय बार्ता भएका थिए । तर, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अडानका कारण शान्तिवार्ता सफल हुन सकेनन् । जेलेन्स्कीले रुसले युद्धविराम गर्नुपर्ने शर्त राखेका थिए । उनले शनिबार आफ्नो अडान पुनः दोहोर्याएका छन् । तर, रुसले पहिला आफ्ना सर्तमा युक्रेन तयार भएमात्रै युद्धविराम गर्ने बताएको छ ।

जेलेन्स्कीले नेटो र इयूसँग अझै सैन्य सहयोग मागिरहेका छन् । नो फ्लाई जोन र सैनिक पठाउन पटक पटक गरेको आग्रहलाई अमेरिकासहितका देशहरुले अस्वीकार गर्दै आएका छन् । युक्रेनले हारे सिंगो यूरोपले हार्ने भन्दै जेलेन्स्कीले सहयोग मागिरहेका छन् । जवाफमा अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा सेना पठाउनु भनेको तेस्रो विश्वयु’द्ध गरेको सरह हुने भन्दै त्यो अमेरिकाले नगर्ने बताएका छन् ।

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले लडाइँमा आफ्ना अहिलेसम्म एक हजार तीन सय युक्रेनी सेनाको ज्यान गएको जानकारी दिएका छन् । उनले पहिलो पटक आफ्नो क्षतिको विवरण सार्वजनिक गरेका छन् । यसअघि रुसको मात्रै क्षति भएको बताउँदै आएका जेलेन्स्कीले रुसको पनि ठूलो क्षति भएको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीका पूर्व सल्लाहकार रहेका सबभन्दा कान्छा सांसद स्भियातोस्लाभ युराले किएभ शहरमा रुसी प्रतिरोध गर्ने तयारी भइरहेको बताएका छन् ।

किएभमा स्वयंसेवीहरूको सुरक्षा दस्तालाई सहयोग गरिरहेका उनले बीबीसी रेडियो फोरको टुडे कार्यक्रममा शनिबार राजधानी किएभमा रातभर रुसी रकेट प्रहार भएको र बाहिरी क्षेत्रमा यु द्ध भइरहेको बताएका थिए । यदि रुसी फौज शहर भित्र छि¥यो भने ठूलो क्षति बेहोर्न रुस तयार रहनुपर्ने चेतावनी उनले दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal