आज :

रुसविरुद्ध युक्रेनमा अमेरिकाले सेना पठाउनु तेस्रो विश्वयुद्धः बाइडन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले युक्रेनमा रुसविरुद्ध प्रत्यक्ष रूपमा सेना नपठाउने फेरि बताएका छन् । रुसले हमला सुरु गर्नुअघि सेना पठाउने चेतावनी दिँदै आएका बाइडनले पछिल्लो पटक पुनः भनेका छन्, युक्रेनमा अमेरिकी सेना नपठाउने ।

बाइडनले युक्रेनमा रुसविरुद्ध अमेरिकी सेना पठाउनु भनेको तेस्रो विश्वयुद्ध सुरु गरे सरह हुने बताउँदै त्यस्तो आफूले नगर्ने बताएका छन् । उनले भने अन्य सैन्य सामाग्री भने दिने बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासहित पश्चिमा देशहरुसँग सेना पठाउन गरेको अनुरोधको जवाफमा बाइडनको पछिल्लो भनाई आएको हो । जेलेन्स्कीले युक्रेनलाई नबचाए अन्य देशकै पनि यस्तै हालत हुने बताउँदै सेना पठाउन माग गरिरहेका छन् । तर, अमेरिका, नेटो र इयूले सेना पठाउन अस्वीकार गर्दै आएको छ ।

अमेरिकामा, राष्ट्रपति बाइडनले रुसमाथि नयाँ प्रतिबन्धहरू घोषणा गरेका छन् । जस अन्तर्गत रुसी रक्सी, समुद्री खाद्य सामग्री र हीराको आयातमा रोक लगाइएको छ । उनले अमेरिकाले रुसी कुलीन वर्गमाथि आर्थिक प्रतिबन्ध बिस्तार गर्दै लग्ने समेत बताएका छन् ।

यसैबीच युक्रेनमाथि रुसी आक्रमणको १७ औँ दिन शुरू हुँदा नेटोले उसका फौजलाई १४ मार्च सोमवारका दिन नर्वे पठाउने जनाएको छ ।
२७ देशका करिब ३०,००० सैनिक, २०० विमान र ५० वटा ट्याङ्कहरूले ‘कोल्ड रेसपोन्स २०२२’ अभ्यास गर्ने ठानिएको छ । यसलाई नेटो फौज संलग्न यो वर्षको सबभन्दा ठूलो अभ्यास भनिएको छ ।

मार्च १४ मा शुरू हुने यो अभ्यासले पश्चिमा मुलुकहरूलाई ध्रुवीय लगायत चीसो मौसममा जमिनमा, समुन्द्रमा र आकाशमा उनीहरूको युद्ध कौशल तीखार्न मद्धत मिल्नेछ । यो अभ्यास रुसी सीमाको केही सय किलोमिटर टाढा हुनेछ । मस्कोको युक्रेनमाथि आक्रमण गर्नु अगाडि नै योजना बनाइएको यो अभ्यासको महत्व अहिले त्यहाँ भइरहेको युद्धका कारण झन् बढेको छ ।

नर्वेका रक्षा मन्त्री अड रोजर एनोकसेनले यो अभ्यास नर्वे र उसका सहयात्रीहरूका लागि असाध्यै महत्वपूर्ण भएको बताएका छन् । यो सैन्य अभ्यास १ एप्रिलमा अन्त्य हुने ठानिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal