आज :

माओवादी केन्द्रको कर्णाली प्रदेशमा सर्वसम्मत पदाधिकारी चयन 

सुर्खेत । नेकपा (माओवादी केन्द्र) को कर्णाली प्रदेश समितिले सर्वसम्मत पदाधिकारी चयन गरेको छ । शुक्रबार समितिको दोस्रो बैठकले सर्वसम्मत पदाधिकारी चयन गरेको हो ।

यसअघि बिमला केसीलाई मात्रै चयन गरेको माओवादी केन्द्रले आज पदाधिकारीको टुंगो लगाएको छ । तीन उपाध्यक्षसहित एक सचिव र तीन सहसचिव चयन गरिएको छ ।

जसमा उपाध्यक्ष: कर्णबहादुर बुढाथोकी (सल्यान), उपाध्यक्ष: ढकवीर राना (जाजरकोट), उपाध्यक्ष: कृष्ण जिसी (सुर्खेत), सचिव : धनजित शाही (कालिकोट), सहसचिव: बीरबहादुर कुवँर (जुम्ला), सहसचिव: लालकेश जैसी (हुम्ला), सहसचिव: विर्खबहादुर थापा (मुगु), कोषाध्यक्ष: मालबहादुर रोका (डोल्पा) रहेका छन् ।

पदाधिकारीका आकांक्षी धेरै भएकोले यसअघि टुंगो लाग्न सकेको थिएन । आजै पार्टी अध्यक्ष प्रचण्डले राजनैतिक तथा वैचारिक प्रशिक्षण दिएका थिए । प्रचण्डले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको बताउँदै अबको निर्वाचनमा पार्टीलाई एक नम्बर बनाउने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

प्रचण्डले माओवादीका एजेण्डमा देश अघि बढिरहे पनि नेता कार्यकर्तामा पद र पैसाको लोभ बढेको र विचार तथा सिद्धान्तमा खडेरी बढ्दै जाँदा समस्या पैदा भएको बताउँदै अब त्यसबाट माथि उठ्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal