आज :

मेरो नेतृत्वको सरकार ढाल्न अमेरिकाबाटै इमेल आयोः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको षड्यन्त्रमा आफ्नो नेतृत्वका सरकार ढालिएको बताएका छन् । उनले आफ्नो सरकार ढाल्न अमेरिकाबाटै इमेल आएको समेत दाबी गरे ।

शुक्रबार पोखरामा सुरु भएको प्रेस चौतारीको नवौं राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले भने, “अमेरिकाबाटै इमेल आउँछ, केपी ओलीको सरकार ढाल्नु नै थियो । न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले ? होइन त्यहाँनेर वर्गी पूर्वाग्रह, दुराग्रह र विकास विरोधी षड्यन्त्र भएको थियो भन्ने कुरा त्यस इमेलले बताउँछ ।”

संविधान बाहिर गएर जननिर्वाचित सरकार अमेरिकी षड्यन्त्रकै कारण ढालेको भन्दै सर्वोच्च अदालतमा गोरु ब्याएको बताए । “संविधान बाहिर गएर हामीले यत्रो ठूलो उपलब्धी हासिल गरेका छौं कि एउटा जननिर्वाचित सरकार ढालेका छौं । नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उनले उहिल्यै ०५२ सालमा भनेका थिए । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पायो” ओलीले भने ।

ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले ढाल्ने काम गरेको आरोप लगाए । उनले आफूहरुले परमादेशको समर्थन गर्न नसक्ने पनि बताए । जनादेशको माखौल र जनतामा रहेको सार्वभौमसत्ताको मजाक उडाएको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal