आज :

केपीसँग एकता नगर्नुस् पाँचबर्ष प्रधानमन्त्री हुनुस् भन्दा जनमतविरुद्ध जाँदिन भनेँः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले अघिल्लो चुनावमा नेपाली काँग्रेसले आफूलाई पाँचवर्षसम्म प्रधानमन्त्री हुनुस् भनेको खुलासा गरेका छन् । कर्णाली प्रदेश स्तरिय कार्यकर्ता भेलालाई सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुले आफूलाई नेकपा एमालेसँग एकता नगर्न भनेको तर आफूले नमानेको बताएका हुन् ।

प्रचण्डले आफूले प्रधानमन्त्रीको लागि वामपन्थी एकताको पक्षमा बोलेको र जनमतविरुद्ध जान नसक्ने जवाफ दिएको बताए । “काँग्रेस सभापति शेरबहादुर देउवाजीलगायतका नेताहरुले तपाईँ पाँच बर्षसम्म प्रधानमन्त्री हुनुस्, केपी ओलीसँग पार्टी एकता नगर्नुस् भन्नुभएको थियो । तर, हामीले चुनावमा वामपन्थी एकताको लागि भोट मागेको र प्रधानमन्त्रीको लागि त्यसविरुद्ध जान नसक्ने बताएको थिएँ । तर, आफ्नै पार्टीको सरकारले जनयुद्धका उपलब्धीविरुद्ध जान थाल्यो, अनि ओली प्रवृतिलाई परास्त गरियो र अहिलेको अवस्था आएको हो” प्रचण्डले भने ।

सुरुमा आफूलाई प्रधानमन्त्री बन्नुभन्दा नमानेको तर पछि आफैले देउवालाई प्रधानमन्त्री बनिदिनु पर्यो भनेर गएको बताए । उनले राजनीतिमा असम्भव भन्ने केही हुँदैन भन्दै देउवालाई प्रधानमन्त्री हुन्छु भन्ने लागेको थिएन तर आफू र माधव नेपालले आग्रहमा तयार भएको बताए ।

“म र माधवजी गएर देउवालाई प्रधानमन्त्री भइदिनुस् भनेर भन्यौं, तर प्रधानमन्त्री हुन देउवा तयार हुनुभएको थिएनन् । संख्या पुग्दैन भन्नुभयो, संख्या पुर्याउने जिम्मा हाम्रो तपाइँ तयार हुनुस् भन्यौं । संविधान, लोकतन्त्रलाई बचाउन देउवालाई प्रधानमन्त्री बनाएयौं” प्रचण्डले भने । यो माओवादीकै रणनीतिमा भएको समेत प्रचण्डले दाबी गरे । ओली प्रवृति आत्मसमर्पण विरुद्ध संविधानको रक्षा, राष्ट्रियताको रक्षाको लागि अहिलेको गठबन्धन बनेको समेत प्रचण्डले बताए ।

प्रतिगमन विरोधी आन्दोलनको बेला आफूहरु जेल, झेल र ज्यानको बाजी राखेर सडकमा निस्किएको बताउँदै प्रचण्डले त्यसको अग्रपंत्तिमा माओवादी नेता कार्यकार्ता रहेको बताए । प्रतिगमनको विरुद्ध माओवादी नेता कार्यकर्ता मात्रै त्यस्ता परिवर्तनको आन्दोलनको लागि ज्यान दिएर लड्ने हुन् भन्ने स्थापित भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal