आज :

राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको छः प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीति माओवादीकै इसारामा चलिरहेको बताएका छन् । उनले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिकामा माओवादी रहेको समेत दाबी गरे ।

पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका प्रचण्डले पत्रकारसँग बोल्दै गठबन्धन आउँदो स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहने बताए । उनले गठबन्धनलाई चुनावसम्म मात्रै नभएर त्यसपछिसम्म पनि लैजाने प्रयास हुने बताए ।

एमसीसीका कारण देश दुर्घटनामा जान लागेको तर त्यो अहिले टरेको बताए । “एमसीसीकै कारण देश धन्न दुर्घटनामा गइसकेको थियो । जुन खतरा अहिले टरेको छ” प्रचण्डले पत्रकारसँग भने ।

त्यसैगरी आफ्नो पार्टीभित्र एमसीसीका कारण देखा परेको विवाद समाधान भएको प्रचण्डले दाबी समेत गरे ।

केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचनमा जाने निर्णय भएको बताउँदै प्रचण्डले भने, “अन्ततः हामीले केन्द्रीय समितिबाट पार्टीलाई एकतावद्ध, एउटै लाइन, विचारका आधारमा निर्वाचन जाने र केही मतभेदलाई छलफलबाट निष्कर्ष निकाल्ने सहमति गरेका छौं, यी सम्पूर्ण विषयको समाधान भइसकेको छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal