आज :

संखुवासभामा बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १४ पुग्यो, अझै बढ्न सक्ने

काठमाडौं । संखुवासभामा भएको बस दुर्घटना परी ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । आज विहान ७ बजेतिर बा ४ ख ७३५ नम्बरको बस संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार बस झापाको दमकतर्फ जाँदै थियो । दुर्घटनामा ५ जना घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थलमा १४ जना यात्रुको शब भेटिएको छ भने एक बच्चा हराइरहेका छन् ।

घटनास्थलबाट पाँच जनाको जिवितै उद्दार गरिएको बताइएको छ । बसका २१ जना जति सवार रहेका थिए । घटनामा परी केही यात्रु गम्भीर घाइते भएकोले मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

प्रहरी र स्थानीयले उद्दार गरी घाइतेलाई उपचारको लागि सदरमुकाम चैनपुर लगिएको छ भने गम्भीर घाइतेलाई हेलिकोप्टरबाट सुविधानसम्पन्न अस्पतालमा लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal