आज :

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक, एमसीसी र चुनावबारे छलफल 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक बस्दैछ । बबरमहलस्थति कार्की ब्याङ्क्वेटमा केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक बस्न लागेको हो ।

बैठकमा एमसीसी र चुनावलगायत नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा अध्यक्ष माधव कुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । नेपालको प्रतिवेदनमा राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटेर प्रतिवेदन तयार गरेको बताइएको छ ।

त्यसैगरी स्थानीय तहको चुनाव र एमसीसीबारे पनि छलफल हुनेछ । एमसीसीमा केही नेताहरुको फरक धारणा थियो । पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसी राष्ट्रहितमा नभएको भन्दै संसदमा अनुमोदन गर्दैगर्दा उठेर नारा लगाएका थिए ।

नेता खनालले एमसीसी पास गर्ने पार्टीको निर्णयको विरोध जनाउँदै आएका छन् । आजको बैठकमा नेता खनालले धारणा राख्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal