आज :

महरासहित तीन नेताले एमसीसीबारे राखेको ‘नोट अफ डिसेन्ट’ माथि चुनावपछि छलफल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बसिरहेको छ । काठमाडौँको बत्तिसपुतलीमा बसेको बैठकमा संगठन, चुनावलगायतका विषयमा छलफल भइरहेको छ । पदाधिकारी चयन गर्ने भनिएपनि यस बैठकबाट पनि पदाधिकारीको टुंगो नलाग्ने नेताहरुले बताएका छन् ।

त्यसैगरी अमेरिकी परियोजना एमसीसीबारे नेता कृष्णबहादुर महरासहित तीन नेताले राखेको फरक मत आजको बैठकमा पेश गरिएको छ । महरासँगै नेताहरु लीलामणि पोखरेल र देव गुरुङले केन्द्रीय कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका थिए ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले उक्त नोटलाई आजको बैठकमा राखेपनि त्यसमाथि छलफल भने स्थानीय तहको चुनावपछि मात्रै हुने भएको छ । फागुन १५ गते संसदले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णयविरुद्ध तीन नेताले १८ गते नै नोट अफ डिसेन्ट पार्टी कार्यालयमा पेश गरेका थिए ।

एमसीसीलाई लिएर अर्का नेता नारायणकाजी श्रेष्ठले पनि असहमति राख्दै आएका थिए । तर, आइतबार बसेको पूर्वस्थायी समितिका सदस्य तथा उपलब्ध प्रदेश इन्चार्जको बैठकले एमसीसी बारे चुनावपछि छलफल गर्ने निष्कर्ष निकालेको थियो ।

आजको बैठकमा अध्यक्ष प्रचण्डले आगामी बैशाखमा स्थानीय चुनाव सकेर जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक बसेर एमसीसीलगायत फरक मतमाथि छलफल गर्ने प्रस्ताव राखेका थिए । अब माओवादी केन्द्र चुनावी तयारीमा जुट्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal