आज :

मैदानमै युक्रेनी सेनाले गरे जनवादी बिबाह, अन्तिमसम्म लड्ने कसम

काठमाडौं । यु’द्धमा होमिएका युक्रेनी सैनिक जोडीले मैदानमै बिहे गरेका छन् । सैनिक अधिकारी र सहकर्मीबीच एउटा बत्ति र फुल साटासाट गरेर विवाह सम्पन्न भएको छ । सैनिक अधिकारीले देशको लागि लड्न शुभकामना दिएको थिए ।

बिबाहको भिडियो हेर्दा नेपालमा जनयु’द्धमको बेला तत्कालिन जनमुक्ति सेनाका जोडीले झैं देखिन्छ । जनमुक्ति सेनाको जनवादी विवाहझैं युक्रेनी सेनाका जोडीले विहे गरेका छन् ।

बीबीसीका अनुसार उनीहरुले सैनिक पोसाकमा नै विवाह गरेका छन् । नागरिकाहरु सुरक्षाका लागि जुटेका उनिहरुको विवाहमा स्थानीय संचारकर्मीको पनि उपस्थिति रहेको थियो  ।

दिनहुँ रुसी सेनाले देशका अधिकांश क्षेत्र नियन्त्रणमा दिएर राजधानी किभमाथि हमला जारी राखेको छ । युक्रेनी सेना रुसको सेना विरुद्ध लडिरहेका छन् । तर, यहीबीचमा किएभ नजिकैको क्षेत्रमा क्षेत्रीय रक्षा बलका दुई सैनिकले विवाह गरेका हुन् । बम पड्केको आवाजकाबीच विवाह सम्पन्न भएको छ । सामान्यतया अरु बेला हुने विवाह उत्सवभन्दा विल्कुलै फरक अवस्था र परिस्थितिमा विवाह सम्पन्न भएको छ।

यु’द्धका कारण गर या मरको अवस्थामा उनीहरुले विवाहको निर्णय लिनुलाई आश्चर्य समेत मानिएको छ । लिसया फिलिमोनोभा र भलेरी फिलिमोनोभ वलेरीले सानो जमघटमा विवाह गरेका हुन् । यो विवाह उत्सवले उनीहरु र उनीहरुको साथीलाई केहीबेर भए पनि खुशी मिलेको खबरमा भनिएको छ ।

सेनाका विवाह गर्ने जोडी नै रुस विरुद्ध युद्धमा छन् । उनीहरुले युनिफर्म लगाएर नै विवाह गरे । विवाहपछि नव दुलहा र दुलही फेरि पनि रुस विरुद्धको युद्धमा जुटेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal