आज :

किन स्थगित भयो माओवादी केन्द्रको बैठक ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज विहान ११ बजे बस्ने भनिएको समय सारिएको थियो ।

तयारी नपुगेको भन्दै आजको बैठक स्थगित भएको छ । नेताहरुका अनुसार बैठक भोलि विहान ११ बजे बस्नेगरी आजको बैठक स्थगित भएको छ ।

आजको बैठकमा पदाधिकारी चयन, स्थायी समिति, पोलिट्ब्यूरो र कार्यविभाजन कार्यसूचीमा थिए । महाधिवेशपछि बसेको केन्द्रीय समिति बैठकले अध्यक्षमा प्रचण्डलाई निर्वाचित गरेको थियो भने अन्य पदाधिकारी चयन गर्न बाँकी छ । शुक्रबारबाट सुरु भएको यस बैठकले नै पदाधिकारी चयन गर्ने बताइएको छ ।

माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय छ । तर ६३ केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । १५ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षबाहेक अन्य पदहरु पनि रिक्त छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal